अखण्ड सम्बाददाता
५ माघ २०८२ डडेल्धुरा
डडेल्धुरामा निजि क्षेत्रबाट पहिलो पटक जापनिज भाषाको पढाई शुरु गरिएको छ ।
डडेल्धुरा पहाडी जिल्लाको हिलस्टेसन भएकोले शैक्षिक गतिबिधिको एक आयाम र हब बनाउन बिर कौशल्या एब्रोड स्टडी प्रा. लि.को शाखा कार्यालयको रुपमा सोमवार डडेल्धुरामा उद्घाटन भई औपचारिक रुपमा जापानी भाषका कक्षाहरु शुरु हुन लागेको प्रालिका शेयरधनी मदन बोहराले जानकारी दिएका छन ।
वरिष्ठ कानून व्यवसायी हरि प्रसाद भट्टको प्रमुख आथित्यता तथा जिल्लाका क्रियासिल सञ्चारकर्मीको उपस्थितिमा उद्घाटन गरिएको ईन्सिच्यूटमा जेएल पिटि, जेएल सिटि, एनएटी तयारी कक्षाहरु सञ्चालन तथा नियमित रुपमा टेष्ट लिष्टिङ तथा स्पिकिङ अभ्यास गराईने ईन्सिच्यूटले जनाएको छ ।
ईन्सिच्यूटमा लामो समय जापान रहि काम गरेका प्रशिक्षकबाट निःशुल्क अन्र्तवार्ता तयारी कक्षा सहित अध्ययनका लागि जापान जाने विद्यार्थीका लागि आधारभूत भाषा र रोजगार भिषाको परामर्श कक्षाहरु समेत सञ्चालन गरिने डडेल्धुरा शाखाका प्रबन्धक दिनेश बन्जाडेले जानकारी दिनु भयो ।
कार्यक्रममा बिर कौशल्या एब्रोड स्टडी प्रा. लि.का सञ्चालक विज्ञान सिंहले डडेल्धुरा सुदूरपश्चिम प्रदेशको मुटुमा रहेको भूगोल भएकाले यस क्षेत्रका आम नागरिकलाई बैदेशिक रोजगार र अध्ययनमा जानु अघि भाषाज्ञानको आवश्यकतालाई सहज बनाउन पनि यो प्रयास भएको बताए ।
यस्तै कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा स्थानीय समाजसेवी हरि प्रसाद भट्टले ईन्सिच्यूटलाई सुझाव दिदै विद्यार्थी र रोजगारमा जान चाहने युवालाई भाषा ज्ञानको अध्यापन सँगै उपलब्धीमूलक बनाउनु पर्ने र पहाडी जिल्लामा नभएको सुबिधा उपलब्ध हुनु र त्यसमा पनि डडेल्धुरा नै छनौट गरिएको प्रति धन्यवाद पनि दिनु भयो ।






