Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन

Posted on March 16, 2026March 16, 2026
Share this post
       

अखण्ड सम्बाददाता
०२ चैत्र २०८२ डडेल्धुरा
डडेल्धुरामा ६० दिने सिलाईकटाई पुर्नताजगी तथा स्तरोन्नती तालीम समापन भएको छ ।
दुई वर्ष अगाडी आधारभूत सिलाईकटाई तालिम गरेका उद्यमीहरुलाई घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराले सिपलाई थप दक्ष, परिस्कृत र बजारको माग बमोजिम व्यवसाय गर्न सकिने गरि आयोजना गरेको दुई महिने स्तरोन्नती तालिम आज औपचारिक रुपमा समापन गरिएको कार्यालयले जनाएको छ ।
कम लगानीमा व्यस्त र नियमित आयआर्जन रहने माध्यम, सिकेको सिपलाई स्वरोजगारी सहित थप आकर्षक र दिगो बनाउन क्रियासिल डडेल्धुराका उद्यमीहरुलाई छनाचैट गरि प्रदान गरिएको तालिमबाट १३ जना महिला लाभान्वित हुनुका साथै उत्साहित र हर्षित पनि भएका छन ।
समापन कार्यक्रममा बोल्दै प्रशिक्षक करन दमाईले तालिम क्रियासिल उद्यमीका लागि महत्वपूर्ण छ, राज्यले उद्यमीका लागि गरेको लगानी र लिएको लक्ष्य अनुसार प्रतिफलमा आशा गर्ने भएकोले भरपुर सदुपयोग गर्न आग्रह गर्दै व्यवसाय संचालनमा जानु पर्ने बताए ।
यस्तै कार्यक्रममा कार्यालय प्रमुख केशव सिंह भण्डारीले सिलाईकटाई स्तरोननती तालिमबाट आधारभूत तालिममा अपूर्ण रहेका ज्ञान प्राप्त गरेको विश्वास व्यक्त गर्दै तालिममा श्रोतसाधन र कच्चा पदार्थलाई यथोचित रुपमा सम्बोधन गर्ने प्रयास राज्यबाट भएको छ, बढदो सूचना प्रबिधिको पनि सदुपयोग गरि सिपलाई अझ तिखार्नु पर्ने, तालिमलाई व्यवहारमा उतार्नु पर्ने, व्यवसाय शुरु गरि उत्पादनलाई बजारमा स्थापित गर्नु पर्ने भन्दै तालिम संभावनाको अवसर, ज्ञानको भण्डार र केहि चुनौतीपूर्ण पनि रहेको बताउनु भयो ।
उद्यमीहरुलाई थप सिर्जनशिल बनाउँदै व्यवसायलाई प्रबद्र्धन गर्ने राज्यको नीति र उद्देश्य पनि रहेकोले प्रशिक्षार्थीलाई मेसिन औजार तथा तालिमका समयका उत्पािदन भएका ढाका टोपी, कुर्ता सुरवाल, ब्लाउज, पेटिकोट लगायतका उत्पादन सामग्रीहरु पनि प्रशिक्षाथीसर््लाई नै हस्तान्तरणन गरिएको छ ।
मिति २०८२ पौष १५ गते देखि शुरु भएको तालिम ६० दिन सम्म सञ्चालन भएको थियो भने फागुन २१ को निर्वाचनका कारण ढिलो गरि समापन भएको हो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com