Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग

Posted on March 11, 2026March 11, 2026
Share this post
       

मानव समुदायमा आजको परिप्रेक्ष्यमा  ”मै खाउँ मै लाउँ सुख सयल वा मोज म गरुँ, म हाँसु मै नाँचु अरु सब मरुन दुर्बलहरु, भनि मै खाउँ मै लाउँ सुख सयल वा मोज म गरु,
भनि दाह्रा धस्ने अबुझ सठ देखि छकपरि, चीता खित्का छोडि अभयसित हाँस्यो मरि मरि”  भन्ने कवि शिरोमणि लेखनाथ पौडेलको रचना सिद्ध त हुँदैन भन्ने चिन्ता बढाएको छ ।

हाम्रा जीवनमा पनि कतिपय व्यक्तिका जीवनमा कैयौं उतारचढावहरु देखिन्छन र हुन्छन पनि, मान्छेको जन्म मृत्यु, वाल्यकाल, यौवनकाल र बृद्धावस्थामा अनेक घटना परिघटनाहरु हुने गर्दछन, मुनुष्यका जीवनकालखण्डका बिभिन्न क्रियाकलापहरुमा सफलताको आकांक्षा नराख्ने सायदै कोहि नहोला, लगाउन खान र उपभोग गर्न तथा सुखमय जीवनयापनको चाहना नराखेको संभवत कसैले नहोला, मानिस हरेक दिन महिना वर्ष र जीवनका महत्वपूर्ण पलहरु आनन्दित बनाउन चाहन्छ, सुख सुबिधा समृद्धि र शक्तिका लागि संघर्ष गर्छ, परिणाम खोज्छ, आफू र आफ्नो घरपरिवारलाई सुखशान्तिको पर्याय एवं उदाहरणिय बनाउन पनि चाहन्छ ।
मानव जुनि कसरी प्राप्त हुन्छ मानव स्वयंलाई ज्ञात हुँदैन, संस्कारी मुनुष्य, धर्म सस्कार संस्कृति, प्रकृति, र नियति तथा यतार्थलाई सहजै स्वीकार गर्दैन, मूर्ख मानव आफै जन्मेको जस्तो, आफैले मात्र संसार चलाईरहेको जस्तो, संसारमा म मात्रै मानव हुन भन्ने परिभाष्य बनाईरहेको जस्तो, अप्राकृतिक र असंभव कुरा पनि मैले नै गरेको मैले गर्दा भए जस्तो, भगवान ईश्वरको सृष्टिलाई समेत चुनौती दिने गरि सबै काम म गर्न सक्छु मैले नभए हुँदैन मैले गर्दा भएको हो अब अरुको हातबाट चल्दैन, अरु केहि पनि होईनन, मैले के गरेको छु र ? के गर्न सक्दैन र ? मैले गरेका हरेक कार्य सत्कार्य हुन, अपराध गलत गरेकै छैन, मैले कसको के बिगारेको छु र ? कसलाई के भयो र ? मैले सोचेको भन्दा पृथक हुनु हुँदैन स्वीकार हँुदैन जस्ता अहंकारी कर्म र अभिव्यक्ति त छदैछन तर त्यसका पछाडी कारण के हो समाधान के हो कहिल्यै सोच्दैन र गर्दैन पनि । तर अन्ततः सत्य, ईमान्दार निष्ठावान, कर्मठ, कर्ममा विश्वास गर्नै मुनुष्य धर्म, आध्यात्म, संस्कार, संसकृति, समाज र विज्ञानलाई स्वीकार तथा आत्म साथ गर्न बाध्य हुन्छ । जो कर्म र नियतिको खेल पनि हो ।
हिन्दूहरू पुनर्जन्ममा विश्वास गर्छन् । मानिसको कर्मले जन्मौंसम्म फल दिइरहन्छ । कर्म जस्तो गरिन्छ फल पनि त्यस्तै मिल्छ । कागती रोपेर सुन्तला फलाउन सकिँदैन । अघिल्लो जन्ममा गरिएको खराब कर्मले यो जन्ममा समेत पिर्छ, मानिसले त्यसको फल भोग्नै पर्छ जुन प्रकृतिको नियम हो ।
महाभारतका एक प्रमुख पात्र धृतराष्ट्रको जीवनमा पनि एक त्यस्तै घटना घटित भएको पाइन्छ । सबैलाई थाहा छ, धृतराष्ट्र जन्मान्ध थिए । तर कमैलाई मात्र थाहा हुनसक्छ, गान्धारीका दोस्रा श्रीमान् धृतराष्ट्र जन्मँदै अन्धो हुनुमा पनि उनको पछिल्लो जन्मको पाप नै कारण थियो । के छ त कर्मको फल र यसको रहस्य ?
अघिल्लो जन्ममा धृतराष्ट्र अत्यन्त दुष्ट एवं अत्याचारी राजा थिए । एक दिन ती राजा सैन्य दलबलका साथ जंगलमा सिकार खेल्न गए । सिकार खेल्दाखेल्दै थाकेका राजा एउटा तलाउको छेउमा केही बेर विश्राम गर्न भनी बसे । तलाउमा हाँसहरू पानीमाथि तैरँदै रमाइरहेका थिए । एउटा हाँस आफ्ना बच्चाहरू रमाएर खेलिरहेको देखी खुबै आनन्द लिइरहेको थियो । हाँसको खुसी ती राजालाई सह्य भएन । उनले आफ्ना सिपाहीहरूलाई आदेश दिई बूढो हाँसको आँखा फुटाउन लगाएर उसका सबै बच्चाहरू मार्न लगाए । सिपाहीहरूले राजाको आज्ञा पालन गरे । यसरी हाँसलाई मारेको पापले गर्दा धृतराष्ट्र जन्मँदै अन्धो भएर जन्मिए । महाभारतको युद्धमा उनका सय भाइ छोरा मारिए ।
अर्को कथाअनुसार महाराज सन्तनु र सत्यवतीका दुई पुत्र थिए– चित्राङ्गद तथा विचित्रवीर्य । चित्राङ्गदलाई कम उमेरमै सोही नाम भएका गन्धर्वले आएर मारे । पछि विचित्रवीर्य राजा भए जसको विवाह भीष्मले काशी राजकुमारी अम्बिका र अम्बालिकासँग गराइदिए । विवाहको केही समयपछि नै विचित्रवीर्यलाई क्षयरोगले समात्यो । सन्तान नजन्मँदै उनको मृत्यु भयो ।
सत्यवतीलाई ठूलो समस्या पर्यो ि। यस्तो समस्या परेपछि उनले वेदव्यासलाई सम्झिन् जो सत्यवतीले नै विवाहअघि जन्माएकी पराशरपुत्र थिए । माताको समस्या बुझेर वेदव्यास बुहारीहरूमार्फत नियोग प्रथाद्वारा सन्तान जन्माइदिन राजी भए । उनले दिव्य शक्ति प्रयोग गरेर अम्बिका तथा अम्बालिकालाई एक एक पुत्र प्रदान गरे । भनिन्छ, व्यासले दिव्य शक्ति प्रदान गरिरहेका बेला अम्बिकाले डराएर आाखा बन्द गरिन्, फलतः अम्बिकापुत्र धृतराष्ट्र नेत्रहीन जन्मे । उसैगरी अम्बिालिकाको शरीर पनि डरले पहेँलो भयो, फलतः अम्बालिकाका पुत्र पाण्डु जन्मँदै कमजोर भए । सत्यवतीले दोस्रो पटक अम्बिकालाई व्याससमक्ष पठाउन खोजिन् । अम्बिकाले आफ्नी दासीलाई पठाइदिइन् जसबाट महान् नीतिज्ञ विदुरको जन्म भयो ।
धृतराष्ट्रको विवाह गान्धार नरेश सुबलकी पुत्री गान्धारीसँग भयो । श्रीमान् नेत्रहीन छन् भन्ने थाहा पाएर गान्धारीले पनि आजीवन नेत्रहीन बनिरहने प्रतिज्ञाका साथ आँखामा कालो पट्टी बाँधिन् । उनी आँखा भएर पनि जीवनभरि नेत्रहीन झैँ रहिन् । गान्धारी तथा धृतराष्ट्रका सय भाइ छोरा तथा एउटी छोरी दुःशला थिए । तीमध्ये दुर्योधन सबैभन्दा जेठा थिए ।
महाभारत युद्धमा धृतराष्ट्र र गान्धारीका सबै छोराहरू मरे । उक्त युद्ध हस्तिनापुरको राजसिंहासनका लागि भएको थियो । जुन युद्धमा पाण्डु पुत्र अर्थात् पाँच भाइ पाण्डवको नेतृत्वमा सात अक्षौहिणी तथा धृतराष्ट्रका पुत्र अर्थात् सय भाइ कौरवको नेतृत्वमा एघार अक्षौहिणी सैनिकका बीच युद्ध भएको थियो । युद्ध त निकै पछि भएको थियो तर त्यसको जह अर्थात् पृष्ठभूमि भने पहिल्यै निर्मित भएको थियो ।
धृतराष्ट्रले गान्धारीका पिता सुबल तथा शकुनी बाहेकका अन्य दाजुभाइको हत्या गरेका थिए । यसो हुनुमा गान्धारीकै परिवारको समेत केही दोष देखिन्छ । एक प्रसंगअनुसार धृतराष्ट्रलाई गान्धारीको आफूसँग विवाह हुनुअघि पनि विवहा भएको थियो भन्ने जानकारी थिएन । जक कि चिनामा देखिएको दोषका कारण गान्धारीको विवाह पहिले बोकोसँग गराइउको थियो र विवाहपछि नै बोकालाई मारिएको थियो । जब धृतराष्ट्रले यो कुरा थाहा पाए, उनी अत्यन्त क्रोधित भए । उनले राजा सुबल तथा उनका सयजना छोराहरूलाई बन्दी बनाएर झ्यालखानामा हालिदिए ।
जेलमा उनीहरूलाई अनेकथरि यातना दिइयो । उनीहरूलाई खानका लागि अति थोरै खानेकुरा दिइन्थ्यो । यो देखेपछि सुबलले सबैका लागि भनेर दिइएका खानेकुरा सर्वसम्मतिबाटै सबैभन्दा चलाख छोरो शकुनीलाई मात्र दिन थाले । खान नपाएर सुबलका शकुनी बाहेक सबै छोराहरू मरे र अन्तमा उनी आफैं पनि मृत्युको नजिक पुगे । शकुनीलाई बलियो बनाइराख्न सुबलले अन्य मृत छोराहरूको मासुसमेत खुवाए । एक दिन सुबलले शकुनीको छेपारी भाँचिने गरी हिर्काए र सदासर्वदाका लागि लंगडो बनाइदिँदै भने, हेर् शकुनी ! तैंले आफ्नो यो गोडा देखेर सदैव आफ्ना दाजुहरूको मासु खानुपरेको कुरा सम्झिरहनेछस् र हस्तिनापुरसँग जसरी पनि बदला लिनुपर्छ भन्ने भाव भुल्नेछैनस् ।’
मर्ने बेलामा राजा सुबलले आफू मरेपछि शकुनीलाई आफ्नो मेरुदण्डको हड्डीबाट पासा बनाएर राख्न भने । उक्त पासामा तान्त्रिक शक्ति हुने र त्यसले शकुनीले जे चाह्यो सोही अनुसार पासाको खेल जित्ने बताए । मर्नुअघि सुबललाई अन्तिम इच्छा सोधियो । उनले शकुनीको रिहाइ मागे जुन धृतराष्ट्रबाट स्वीकृत भयो । शकुनी हस्तिनापुरमै बस्न थाले । उनले दुर्योधनलाई सानैदेखि पाण्डवहरूका विरुद्ध उक्साए । दुर्योधनका मनमा घृणाभाव भरेर आफूले चाहेअनुसार चल्ने बनाए । कौरव र पाण्डवका बीच जुवाको खेल हुँदा शकुनीले दुर्योधनका पक्षबाट पासा खेलेर पाण्डवहरूलाई हराए । जुन पछि महाभारत युद्धको प्रमुख कारण बन्न पुग्यो ।

सामान्यतया मानव मानवको संगत, व्यवहार र कर्मले द्वन्द सिर्जना हुन्छ, सम्बन्ध टाढा हुन्छ, प्रतिशोध पनि हुन्छ र परिणाम पनि दुखद एवं अप्रिय र पश्चातापपूर्ण पनि हुन्छ तर बैदिक कालमा भएका यस्ता द्वन्द द्वेष घटनाहरु, युद्ध, भवितव्य तथा कर्तव्यले भएका संग्रामहरुले मानव जीवनका लागि उपयोगि र पाठ सिकाउने प्रकृति र प्रबृतिका छन जसबाट आजको मानव समुदायले सकारात्मक पक्षको अनुशरण र नकारात्मक पक्षबाट शिक्षा दिई समग्र मानव जीवनको रक्षा तथा हित गर्नु नै आजको धर्म हो । त्यसै भएर भनिएको छ, कसैलाई पीडा नदेउ, कसैको अपमान नगर, दुःख दिनेले स्वयं पनि कति गुणाले बढि भोग्नु पर्दछ यस कारण कर्म गर फलको आशा नगर पनि भनिएको हो किनकी को हाम्रा कतिपय कर्मको फल आफै भोग्छौं भने कतिपय जीवन पर्यन्त विभिनन रुपमा, विभिन्न योनीमा जन्म लिएर त कतिपय कर्मको फल सन्ततीका लागि साक्षी तथा अग्रपुस्ता तथा कर्म फलको हिसाबकिताब बनेर । –साभार

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com