अखण्ड सम्बाददाता
०२ चैत्र २०८२ डडेल्धुरा
जेन्जी आन्दोलनका कारण मध्याबधि निर्वाचन भएको फागुन २१ को निर्वाचन परिणाम अन्र्तगत राष्ट्रिय स्वतन्त्र पार्टीबाट डडेल्धुरामा आकृति अवस्थी प्रतिनिधि सभाको समानुपातिक सांसद बन्नु भएको छ ।
अमरगढी नगरपालिका–५ सेलागाउँकी अवस्थी खस–आर्य महिला क्लस्टरबाट रास्वपाले निर्वाचन आयोगमा बुझाएको ५७ सिट मध्ये सांसद बन्ने समानुपातिक सूचीमा आकृति अवस्थीको नाम पनि समावेश गरि सिफारिस गरि निर्वाचन आयोगमा बुझाईएको जिल्ला सभापति ईन्जिनियर सुरेन्द्र अवस्थीले जानकारी दिएका छन ।
नेपालको संबिधान २०७२ को भाग ८ संघिय व्यवस्थापिका प्राबधान ८३ र ८४ प्रतिनिधि सभाको गठन को ख को २ अनुसार विभिन्न क्षेत्र, वर्ग, लिंग, समुदाय, विशेष क्षेत्र आदी बन्द सूचिका आधारमा प्रतिनिधित्व गर्ने गराउने प्राबधान बमोजिम खस–आर्य महिला र जेन्जी घाईते परिवारको तर्फबाट आरक्षणमा प्रतिनिधित्व सुनिश्चित गर्दै आयोगमा सूची पठाएको जनाईएको छ ।
को हुन आकृति :
सुशासनको माग राख्दै भाद्र २३ र २४ मा भएको शान्तिपूर्ण आन्दोलनमा सहभागि भई गोली लागेर गम्भीर घाइते भएका मुकेश अवस्थीकी दिदी हुन । आन्दोलनका क्रममा मुकेशको बायाँ खुट्टामा गोली लाग्दा बाँयाँ खुट्टाको मुख्य नसा, स्नायु प्रणाली र हड्डीसम्म क्षति पुगे पछि अहिले पनि ट्रमा सेन्टर काठमाण्डौंमा निरन्तर उपचारमा रहेका छन ।
एक सामान्य परिवारकी चेली जसलाई राजनीतिमा सायद वा संभवत किञ्चित चासो थिएन होला । न रहर न बाध्यता । देशको बिग्रदो अवस्थामा भएको मध्याबधि निर्वाचनमा भवितव्यले होमिनु पर्दा स्वभाविक र जनताको मागको रुपमा लिएकी छन ।
कृषि विषयमा जेटिए, आईएसि एजि, स्नातक तहमा सामाजिक कार्य विषयको अध्ययन गर्दै मास्टर्स ईन डेभलपमेन्ट मा अध्ययनरत आकृति मानव अधिकार, कृषि तथा पोषण स्वास्थ्य, लैंगिक समानता, जलवायु तथा वातावरण, जलवायु मैत्री कृषि प्रणाली लगायतका क्षेत्रमा काम गर्दागर्दै विश्वका विभिन्न मुलुकको पर्यबेक्षण गरि अनुभव सँगाल्नु भएको छ ।
अन्र्तराष्ट्रिय गैर सरकारी संस्था अक्सफाममा कार्यरत आकृतिले पेशालाई समाज सेवामा परिणत गर्ने परिस्थिति निर्माण मात्र भएन जनाबाट प्राप्त ऐतिहासिक महत्वपूर्ण जिम्मेवारीलाई ईमान्दारितापूर्वक निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकि छिन ।
आन्दोलनको दोश्रो दिन भदौ २४ गते गोली लागी घाइते भएका मुकेशको खुट्टाको घुँडा मुनि गोली लागेको थियो । जेनजेड पुस्ताको आन्दोलनमा घाइते भएका मुकेश अवस्थीको उपचारको क्रममा खुट्टा गुमाउनु परे पनि स्वास्थ्य अबस्था खतरामुक्त रहेको पारिवारिक श्रोतले जनाएको छ ।
गोलीले मुख्य नसा, स्नायु प्रणाली र हड्डी सबै क्षतविक्षत बनाएको थियो । डाक्टरहरूले घण्टौंसम्म प्रयास गर्नुभयो । उहाँहरूले भाइको ज्यान त बचाउनुभयो, तर खुट्टा बचाउन सकिएन,’ घाइते मुकेशको दिदि आकृतिले भनिन । उनि भन्छिन स्नातक पढन काठमाण्डौं पुगेर सब– ईन्जनियर विषयमा भर्ना गरेकै केहि दिनमा परिवारमा बज्रपात भयो, हुन त घटना दुर्घटना कसले चाहेको हुन्छ र ? कैयौं निर्दोष विद्यार्थी सहिद भए, कैयौं घाईते भए, कैयौंले सुरक्षा प्रतिकारको सामना गर्नु परेको त्यो विषम परिस्थितिलाई बिर्साउने भनेकै अब देश सुधार र समृद्धिको दिशातर्फ गए मात्र जेन्जी बिद्रोहको औचित्य पुष्टि हुने छ, जनताको सपना साकार हुनेछ भन्नेमा विश्वस्त रहेको बताए ।
करिब डेढ वर्षअघि विदेश जाने सपना बोकेर काठमाडौँ पुगेका आकृतिका भाई मुकेशको अस्ट्रेलिया जाने सपना तत्कालिन सरकारले चकनाचुर बनायो, उनको उपचार सरकारबाट व्यहोर्ने भनिए पनि सपांग जीवन एकाएक अपांगतामा परिणत हुनुले घर परिवार, व्यक्तिगत जीवन र समाज सेवामा कहिं न कहिं कष्टपूर्ण अवस्था सिर्जना अवश्य भएको छ ।
नेपाल बिद्युत प्रधिकरण डडेल्धुरा शाखामा कार्यरत चेतराज अवस्थीका जेठो छोरा मुकेशको भविष्यका लागि देखेको सपना एउटा गोलीले चकनाचुर पारे पछि घरपरिवार र आफन्तजन दुःखित भए पनि नवनिर्वाचित सरकारले आन्दोलनको मर्मलाई गम्भीर रुपमा बुझि समग्र नेपालीलाई विश्वस्त पार्नु जरुरी छ । यस्ता आन्दोलनको आवाज मुखरित गर्दै पीडित युवाहरुको भविष्य नेपाल मै सुनिश्चित गर्न र युवालाई देशमै बसेर काम गर्ने बाताबरण बनाउन सरकारलाई परिवारजनले आग्रह समेत गरेका छन ।
फागुन २१ को निर्वाचनबाट डडेल्धुरा जिल्लाले चार जना संसद पाएको छ, डडेल्धुरामा तिन जना र कञ्चनपुरको क्षेत्र नं. २ बाट निर्वाचित दिपक राज बोहरा पनि डडेल्धुरा अमरगढी नगरपालिका वडा नं. ३ चम्सालका हुन । यसै गरि एक जना नेपाली काँग्रेसबाट समानुपातिक तर्फ परशुराम निवासी महिला नेतृ हरिना कामी पनि संघिय साँसद बनेकि छन ।
प्रतिनिधि सभामा डडेल्धुराबाट दुई जना महिला एकै पटक र पहिलो पटक संघिय संसदमा प्रवेश गर्दैछन भने डा. तारा प्रसाद जोशी र दिपक बोहरा पनि संघिय संसदमा पहिलो पटक देखिदैछन । यद्यपी यो निर्वाचनमा रास्वपाबाट डा.तारा प्रसाद जोशी अत्याधिक मत ल्याई प्रत्यक्ष तर्फको निर्वाचनमा निर्वाचित भइसकेका उनि २०७९ को निर्वाचनमा सुदूरपश्चिम प्रदेश सभा सदश्य सहि तिन वर्ष सांसदको भूमिका निर्वाह गरेका व्यक्ति हुन ।
देशले परिवर्तन खोजेको छ, परिवर्तनको पर्याप्त जनादेश पनि प्राप्त भएको छ, देश र जनताले सुशासन खोजेका छन, स्थिरता र तिब्र विकासको आकांक्षा राखेका छन, कानूनी शासन, बिधिको शासन, जनअपेक्षा अनुरुपको कार्यसम्पादन खोजेका छन, यो ऐतिहासिक र अभूतपूर्व मतपरिणाम र राष्ट्रिय अभिभाराको उच्चतम सदुपयोग गर्दै जनताका समग्र विषयमा उचित सम्बोधन गर्नु आगामी सत्ता संचालक राजनीतिक दल, प्रतिपक्ष तथा निर्वाचित जनप्रतिनिधिको सामूहिक जिम्मेवारी भएकोले सफल रहुन भन्ने अखण्ड खबरको तर्फबाट हार्दिक शुभकामना सहित बधाई ज्ञापन गर्दछौं ।






