Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

उम्मेदवारी पेचिलो र डडेल्धुराको चासो रास्वपातिर

Posted on January 16, 2026January 16, 2026
Share this post
       

अखण्ड सम्बाददाता
०२ माघ २०८२ डडेल्धुरा
आसन्न आम निर्वाचन आउन ४९ दिन मात्र बाँकी रहँदा डडेल्धुरामा पनि चुनावी चहलपहल बढिरहेको देखिन्छ ।
प्रतिनिधि सभा सदश्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा बिभिन्न राजनीतिक दलहरुबाट उम्मेदवारको सिफारिससँगै नयाँ र बैकल्पिक शक्ति भनिने दलका तर्फबाट पनि उम्मेदवार को हेला ? भन्ने कौतुहलता र चासो दिन प्रतिदिन बढदै गई रहेको छ ।
भाद्र २३ र २४ को ऐतिहासिक एवं विश्व चकित पार्ने गरि भएको जेन्जी आन्दोलन पछि बदलिएको देश र राजनीतिक अवस्थालाई डडेल्धुराका आम जनता तथा मतदाताका बिचमा चर्चा मात्र भई रहेको छैन मुख्य प्रतिस्पर्धिका रुपमा को हुने ? भन्ने स्थानीयले चर्चा परिचर्चा अाँँकलन र सनौलो भविष्यको आशा अपेक्षा पनि गरेका छन ।
यसै बिचमा २०७९ को संस्दिय निर्वाचनमा देशको राजनीतिलाई आकर्षित गर्दै पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई चुनौती दिन गुल्मीका सागर ढकालले अप्रत्यासित मत ल्याएर दोश्रो स्थान तथा निकटम प्रतिद्वन्दीको रुपमा स्थापित भएर जिल्लाका अन्य उम्मेदवारलाई छायाँमा पारे पछि फागुन २१ मा हुन गईरहेको निर्वाचनमा पनि के होला भन्न सकिने अवस्था गर्बगृहमा रहेको छ ।
अहिले राजनीतिक दलहरु देशका १६५ निर्वाचन क्षेत्रमा चुनावका लागि उम्मेदवार छनौट प्रकृयामा रहेका छन, कतिपय नेताहरुको प्रारम्भिक चर्चा स्पष्ट छ भने कतिपय पार्टीको निर्णय पर्खाईमा रहेका बेला डडेल्धुरामा काँग्रेस एमाले र रास्वपाको कडा प्रतिस्पर्धा हुने एक नेताको भनाई छ ।
दलहरु बिच चुनावी गठबन्धन हुन्छ कि एक्लाएक्लै मैदान जाने भन्ने आधिकारिक निर्णय नभईरहेको अवस्थामा हाईप्रोफायलको रुपमा रहेका नेपाली काँग्रेसका सभापति र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नै मुख्य प्रतिस्पर्धिको रुपमा रहेको विश्लेषक बताउँछन ।
नेपाली काँग्रेस डडेल्धुराको तर्फबाट पूर्व प्रधानमन्त्री देउवाको एकल सिफारिस भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदश्य डा. तारा प्रसाद जोशी, सागर ढकाल वा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति ईन्जिनियर सुरेन्द्र अवस्थी चर्चामा रहेका छन । यि तिन जना मध्ये कसले टिकट पाउँने भन्ने विषयमा जिल्लाबासीको चासो बढेको समयमा संभावित उममेदवार नेताहरुका आ–आफ्नै तर्क दाबी र लबि शुरु भएको छ ।
२०७९को निर्वाचनमा स्वतन्त्र उम्मेदवारीबाट झिनो मतले विजयी भएका डा. जोशी पछिल्लो समय उज्यालो पार्टीमा प्रवेश सँगै विवादित भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा उँभिएका छन । उहाँका अनुसार पार्टीले जे निर्णय गर्यो आफूलाई स्वीकार्य हुने बताए ।
नेता ढकालले अघिल्लो निर्वाचनमा १३०४२ मत ल्याएर बितेका साढे तिन वर्षमा जिल्लाको बारेमा अथवा आफ्ना मतदाता प्रति कति जवाफदेहि र उत्तरदायी भए, जनताका सुख दुःखःमा कति साथ दिए भन्ने चर्चा एका तिर छ भने बिगतको नेतृत्व र जिल्लाका लागि भए गरेका असन्तुष्टि व्यक्त गर्न चाहने युवाहरुको चाहनालाई सम्बोधन गरिने आशा भन्दै लोकप्रिय मत ल्याउन सफल भएका ढकालको पछिल्लो तिन वर्षमा जनमत सकारात्मक नरहेको एक युवाले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको देशभर जनलहर बढदै गईरहेका बेला पार्टीमा प्रस्तावित तथा संभावित प्रधानमन्त्रीका उम्मेदवार राष्ट्रिय छवी बनाएका काठमाण्डौंका मेयर बालेन्द्र शाहसँगको छलफलमा पनि सागर ढकालको निर्वाचन भन्दा पनि देउवासँगको प्रतिशोध र २०७९मा प्राप्त गरेका मतहरुमा बढन सक्ने सपना देखिरहेका ढकाल जिल्लाको पछिल्लो अवस्था प्रति अनभिज्ञ जस्तै रहेको युवाहरुको भनाई छ ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व तथा सचिवालय सदश्यहरुबाट पनि डडेल्धुराको बिकल्प रोज्नुस तपाईलाई पार्टीले सक्दो सबै सहयोग गर्ने प्रतिबद्धता गर्दा पनि डडेल्धुरा नै लडने केहि युवाहरुको उक्साहटमा ढिपी गर्नु र नेता बालेनलाई फकाउन किन लागि रहेहेका छन भन्ने विषय पार्टीका लागि संशय बनेको जानकारीमा आएको छ ।
हरेक नेताले पार्टीको संरचनालाई आत्म साथ गरे मात्र विश्वसनिय बाताबरण बन्छ भन्ने कुरा बुझ्दाबुझ्दै पनि उम्मेदवारीका सम्बन्धमा पार्टीले गरेको अभ्यास, नियम र तल्लो तह तथा संरचनाका कार्यकर्ता मतदातालाई समेत विश्वासमा ल्याएर निर्वाचनमा अपेक्षित मत हासिल गर्न सकिन्छ र परिणाम संभव छ यो कुरालाई वेवास्ता गरिए नेता ढकाललाई प्रत्यत्पादक हुन सक्ने र पार्टीले क्षती व्यहोर्न सक्ने तर्फ समयमै ध्यान दिन नसके पछुताउनु पर्ने पार्टीपंक्तिको ठहर छ ।
बिगत साढे तिन दशक देखि राजनीति गरिरहेका र निरन्तर विजयी भईरहेका पार्टी तथा उम्मेदवारसँग प्रतिस्पर्धा गर्नु असामान्य कुरा नै हो यद्यपी जेन्जी आन्दोलन पश्चात अवस्थामा फेरबदल आएको छ, पुराना उम्मेदवारले पनि सहजै जित्ने संभावना देखिदैन भने बिभिन्न चलखेलबाट मतदाता प्रभावित गर्न सक्ने पनि देखिदैन ।
गत निर्वाचन देखि नै परिवर्तनको संकेत देखाईरहेका युवाहरु बितेका तिन वर्षको गतिबिधि र जनप्रतिनिधिले बहन गरेको जिम्मेवारी परिणाममा सन्तुष्टि नभएपछि सचेत र चनाखो भएका छन, अर्कोतिर नेपाली काँग्रेसको विशेष महाधिवेशनले जनतामा नैराश्यता छाएको छ, नेतृत्व प्रति आक्रोस छाएको छ भने पनि बर्तमान समयमा डडेल्धुराबासीले डडेल्धुराकै उम्मेदवार एवं परिबर्तनको पक्षधरमा आशाको किरण तर्फ आकर्षित भएका छन ।
समय गतिशिल छ, हिजोको चित्र र आजको परिवेश बदलिएको छ, नेता ढकालको पक्षमा देखिएको यस अघिको जस्तो क्रेज नरहेको विश्लेषण आम जनमानसमा गरिदैछ भने उहाँले आफ्नो जन्मभूमि वा निकटताको निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवारी दिएर जनतामा परिक्षण हुनु नै उत्तम बिकल्प रहेको डडेल्धुराबासीको भनाई छ । यद्यपी उहाँसँग पटकपटक सम्पर्क गर्दागर्दै पनि सम्पर्क हुन नसकेका कारण उहाँको व्यस्तताका कारण आधिकारिक अभिव्यक्ति समेटन सकिएन ।
यस्तै उम्मेदवारीको मनोनयनका लागि समय घर्किदै गर्दा अरु पार्टी र उम्मेदवारका लागि पनि टिकट पेचिलो र पखाईको विषय बनेको छ, नेपाली काँग्रेस पार्टी विभाजन पश्चात नवगठित पार्टीको उम्मेदवारी के हुने, नेकपा एमालेको उम्मेदवारी के हुने, नेपाली कम्युनिष्ट पार्टीको उम्मेदवारी के हुने,राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत अन्य राजनीतिक शक्तिको वाताबरण कसरी अगाढी बढने भनने विषय नै राष्ट्रिय रुपमा खिचलो र पेचिलो बन्दै गएको अवस्थामा समझदारीका साथ निर्वाचनमा होमिनु सबैका लागि हितकर हुने धारणा मतदाताहरुको रहेको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com