अखण्ड सम्बाददाता
५ फागुन २०८२ डडेल्धुरा
आसन्न फगुन २१ मा हुन गईरहेको पार्टीको भूमिका विषयमा नेपाली काँग्रेस वी.पि. डडेल्धुरा जिल्ला स्तरिय छलफलमा जुटेको छ ।
२०७९ को स्थानीय तह तथा संघिय तथा प्रदेश निर्वाचनमा नेपाली काँग्रेसको प्रतिद्वन्दीको रुपमा निर्वाचनमा होमिएको वीपि काँग्रेस बिशिष्ट परिस्थितिमा भईरहेको आम निर्वाचनमा उम्मेदवारी नदिए पनि आफ्ना समर्थक र मतदाताको भावनालाई कसरी समेटने भन्दै जिल्ला कार्य समितिको छैटौं बैठकमा सुझाव संकलन गर्ने कार्य गरिरहेको पार्टीका जिल्ला सभापति भरत नेपालीले जानाएका छन ।
नेपाली काँग्रेस वी.पि.का केन्द्रीय बरिष्ठ उपसभापति तथा पूर्व सुदूरपश्चिम प्रदेश सभा सदश्य कर्ण बहादुर मल्लको प्रमुख आथित्यतामा भएको सुझाव सल्लाह संकलन तथा छलफल कार्यक्रममा पार्टीको नीति र समसामयिक परिस्थितिलाई बुझेर आधिकारिक निर्णय लिने बताईएको छ ।
चुनाव केन्द्रीत संसदिय निर्वाचनको विषयमा भएको छलफलका सहभागिले आफ्नो विगत पार्टीले गरेका व्यवहार र अबैधानिक जिल्ला अधिबेशनको समिक्षा गर्दै आफ्ना बिचार र अडानलाई बिचलित हुन नदिने तथा वीपि काँग्रेसको आफ्नै बिचार, सिद्दान्त र सोचाई छ, जनतासँग विगतमा गरिएका प्रतिबद्धताहरु छन कसैको प्रलोभनमा परि हलुका र असर पर्ने निर्णन नगर्न नेतृत्वलाई सुझाव दिएका छन भने आगामी निर्वाचनमा उम्मेदवारी दिएका १३ जना उम्मेदवार सबैको जनमत आधारका बारेमा पनि छलफल गरिएको छ ।
जिल्ला कार्य समितिका पदाधिकारी तथा महत्वपूर्ण व्यक्तिहरुको उपस्थितिमा भएको अन्र्तक्रियामा आ–आफ्ना धारणा राख्ने सहभागिले पार्टीका नेता कार्यकर्ता, समर्थक, शुभेच्छुक र मतदाता तथा जनसमर्थन गर्ने आम जनताको भावनालाई सम्मान गर्दै उचित र दिर्घकालिन स्थायित्वको लागि सोच्ने बेला आएकोले ईमान्दारिता र निष्ठाको राजनीतिक बिचार मिल्ने, उम्मेदवारको पृष्ठभूमि र जनताले चाहेको उपयुक्त पार्टी तथा स्वतन्त्र उम्मेदवारलाई सहयोग र समर्थन गर्ने गरि कसरी अगाडी बढने भन्ने छलफलको निश्कर्ष बमोजिम पारदर्शी निर्णय लिने बताईएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा गन्यापधुरा गाउँपालिका वडा नं. १ र अमरगढी नगरपालिका वडा नं. ८ मा वडा अध्यक्ष जित हासिल पारेको वीपि काँग्रेस २०७९ को संसदिय निर्वाचनमा प्रदेश ख बाट स्वतन्त्र उम्मेदवार रहेका डा. तारा प्रसाद जोशीलाई समर्थन गरे पनि जोशी निर्वाचित भए तर नेपाली काँग्रेस वी.पि.का केन्द्रीय बरिष्ठ उपसभापति मल्ल प्रतिनिधि सभा सदश्य पदमा ७५३५ मत ल्याई संस्थागत रुपमा दोश्रो स्थान प्राप्त गरेका थिए ।
डा. जोशीले वीपि काँग्रेस पार्टीपंक्ति र कर्ण मल्लको योगदान, नेता कार्यकर्ताको सहयोग समर्पणलाई अपमान गरेका कारण यस पटक कसलाई समर्थन होला भन्ने अंकगणितिय आँकलन, आम जनमानसको ध्यान केन्द्रीत, चासो र चर्चापरिचर्चा जिल्ला भरि रहेको बेला राष्ट्रिय स्वतन्त्र पार्टीका प्रत्यासी जोशी मंगलवार बैठक अगाडी कर्ण बहादुर मल्लसँग भेट गर्न पार्टी कार्यालय तथा किशुनजी भवनमा समेत पुगेका थिए । छलफल बैठक दुई दिन संचालन हुने पार्टी कार्यालय सचिव राम बहादुर बिष्टले जानकारी दिएका छन ।






