Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

प्रदेश राजधानी सारे ऐतिहासिक सम्मान : कर्ण मल्ल

Posted on July 29, 2022July 29, 2022
Share this post
       

अखण्ड सम्बाददाता
१३ श्रावण २०७९ डडेलधुरा

नेपाली काँग्रेस (विपी) का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले प्रधानमन्त्री देउवाले जनतासँग बोलेको बाचा पुरा गरे आगामी प्रतिनिधिसभाको निर्वाचनमा उनलाई सहयोग गर्ने बताएका छन ।
स्थानीय निर्वाचनको मौन अबधि शुरु हुनु अघिल्लो दिन डडेल्धुरा चुनावी आमसभामा सुदूरपश्चिमको राजधानी डडेल्धुरा सार्न सकिने कुरा स्मरण गराउँदै निबर्तमान प्रदेश साँसद मल्लले जनादेशको सम्मान गर्नु पर्ने बताएका हुन ।
शुक्रवार अखण्ड खबरसँग कुरा गर्दै मल्लले भने सुदूरपश्चिम प्रदेश सभामा गठबन्धनको बहुमत छ उहाँले पहल गर्नु भयो र उहाँको गृह जिल्लामा प्रदेश राजधानी सार्नु भयो भने बोलेका बाचा पनि पुरा हुने मात्र नभई हाम्रो समर्थन रहन्छ तर निर्णय गर्नै सुबिधाजनक अधिकार उहाँलाई छ ।
उहाँ संघिय सरकारमा गठबन्धनको नेतृत्व गरिरहनु भएको छ, प्रदेशमा पनि सापेक्षित अवस्था छ, यस अघि प्रदेश सरकारले प्रदेश सभाको दुई तिहाई बहुमतका आधारमा कैलालीको गोदाबरीमा प्रदेश राजधानी तोकेको भए पनि राजधानी स्थानान्तरणका लागि कुनै प्रकृया थालनी भएको पनि छैन यसै बेला उहाँले त्यो मौजुदा बहुमतलाई सुदूरपश्चिमको हितमा सदुपयोग गरि प्रदेश भूगोलको केन्द्रमा रहेको डडेल्धुरा जिल्लामा राजधानी सार्नु भयो भने जनता प्रतिको जवाफदेहिता र व्यक्तित्वको ईमान्दारिता देखिन्छ अन्यथा डडेल्धुरा लगायत सुदूर पहाडका जनतालाई हावादारी गफ दिदै सधै भरि ठगेको अन्तिम दृष्टान्त प्रमाणित भएको पुष्टि हुने जगजाहेर छ ।
प्रदेश राजधानी सार्न सकिन्छ कि सकिदैन भनेर जनताले प्रश्न गरेका पनि होईनन, आशा गरेका थिएनन, किनकी जुनबेला उहाँले सात वटै प्रदेशको अस्थायी मुकामको रुपमा सात प्रदेश राजधानीको रुपमा निर्णय गरे त्यस बेला त जनताका आवाज सुन्नु भएन, डडेल्धुरामा आन्दोलन भए, जनताका स्वरहरु गुन्जिए तर वेवास्ता गर्नु भयो र के कति कारणले संघियताको मर्म विपरित निर्णय गर्नु भयो अब जनताले के अपेक्षा गर्ने ? तर पनि उहाँले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीका आफूले उम्मेदवारी दिएकाहरुलाई जिताउन असंबैधानिक अभिव्यक्ति स्वयं दिएका हुन, यति मात्र नभई काँग्रेसलाई जिताए प्रत्येक वडामा पाँच पाँच अर्ब बजेट आउँछ पनि भनेका हुन यद्यपी अरु कुरा भन्दा पनि आगामी निर्वाचन अघि राजधानी सारे डडेल्धुरामा उहाँलाई पूर्ण सहयोग हुने पक्का हो ।
सार्बजनिक रुपमा मुलुकका कार्यकारी प्रधानमन्त्रीले बोलेका कुराहरु वा प्रतिवद्धता पूरा गर्न उहाँलाई के ले रोक्यो ? उहाँले पश्चिम सेती, पञ्चेश्वरको प्रकृया अगाडी बढाउँछु जेठ २ गते बुद्ध जयन्तीका दिन नेपाल आउँदै गरेका भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्छु पनि भनेका थिए, डडेल्धुराका अन्य विकासका ऐजेण्डा पनि पुरा गर्ने बताएका थिए, राजधानीको विषयमा बिलम्ब गर्नु सरासर गलत नियत र मिथ्या आश्वासन मात्र हुनेछ अहिले सम्म त यो प्रकृया अघि बढिसक्नु पर्ने हो फगत झुटा भाषणले मात्र अब जनता पत्याउने वाला छैनन यदि भोट बटुल्न मात्र हो भने त्यसको हिसाबकिताव जनताले खोज्लान ।
नेता कर्णबहादुर मल्लले देउवासँग चुनाव लड्ने संकेत गरे पछि डडेल्धुरामा अब के होला भन्ने राजनीतिक तरंग फैलिदो छ, उनले टेलिफोन बार्तामा भनेका छन अहिले उहाँसँग राजनीतिक ताकत छ, गठबन्धनको स्वार्थका लागि विवादास्पद र राष्ट्रघाती बिधेयकहरु एमसिसि र संशोधित नागरिकता बिधेयक पास गर्न सक्ने अनि प्रदेशको राजधानी सार्न नसक्ने ? भन्दै प्रश्न गरेका छन । मौका यहि हो विगतका गल्ती कमजोरीहरुलाई प्रायश्चित गर्ने माध्यम र अवसर पनि प्राप्त भएको छ, दोश्रो पटक सुवर्ण अवसर जुरेको छ डडेल्धुराबासीलाई बिगत तिन दशक देखि दिन नसकेको उपहार उहाँले आजीवन आफूलाई सम्झिने काम गर्न सक्नु हुन्छ जुन निर्णयले हामी पनि चुप बस्न सक्ने अवस्था छ उहाँलाई ऐतिहासिक सम्मान जनताले गर्ने छन पुस्तौंपुस्ताले जयजयकार गर्नेछ फाईदै फाईदा हुन्छ ।
नेपाली काँग्रेसको पाँचौं र छैटौं जिल्ला अधिबेशनबाट जिल्ला सभापति रहेका स्वयं राजीनामा दिएका प्रदेश सांसद, क्रियासिल सदश्यता विवादमा सच्याउनका लागि माग राख्दाराख्दै अधिबेशनका सबै प्रकृयामा बञ्चित पारिएको भन्दै सहभागि नभएका र स्थानीय तहको निर्वाचनमा पनि सुनुवाई नभएको अवस्थामा नेपाली काँग्रेस वी.पी को पक्षमा उभिएको भन्दै कारवाहीमा परेका मल्लले नयाँ पार्टीको बरिष्ठ उपसभापतिको जिम्मेवारी पनि पाएका छन, यहि बेला उनि आगामी प्रतिनिधिसभा डडेलधुरा क्षेत्रबाट निर्वाचनमा होमिने अनौपचारिक कुरा बाहिर आएको मात्र नभई डडेल्धुराबासीमा व्यापक कौतुहलता देखिएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com