अखण्ड सम्बाददाता
१८ अषाढ २०८३ डडेल्धुरा
डडेल्धुरामा पहिलोपटक ब्यवसायीक रुपमै कफी खेती शु्रु गरिएको छ ।
माटो परिक्षण गरेर कफि खतीका लागि उपयुक्त भएकाले नमुनाको रुपमा भागेश्वर गाउँपालिका वडा नं. ४ गोलाई गाउँमा पहिलो पटक कफी खेती शुरु गरिएको हो ।
कृषि ज्ञान केन्द्र डडेल्धुरा र सान एग्रो ईस्टेटको संयुक्त पहलमा ब्यवसायीक रुपमा कफी खेती शुरु गरिएको छ । पहिलो चरणमा उक्त गाउँमा २ हजार कफीका बिरुवा लगाईन थालिएको छ ।
उक्त स्थानमा कफी खेतीका लागि उपयुक्त हावापानीका साथै माटो सुहाउने किसिमको भएकाले जिल्लामै पहिलोपटक नमुनाका लागि कफी खेती शुरु गरिएको र पछि जिल्लाका अन्य स्थानमा पनि बिस्तार गर्ने योजना रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख तथा वागवानी विकास निर्देशक नरेन्द्रराज पनेरुले बताउँनु भयो । प्राबिधिककै सल्लाह अनुसार अरबिका जातको कफी खेती गर्न थालिएको उहाँको भनाई छ ।
अन्य अन्नवालीका साथै तरकारी वालीमा बाँदर अन्य जंगली जनावरले क्षती गर्न थालेपछि नगदे वालीका रुपमा आफुले कफी खेती गरेको र उत्पादन राम्रो भएमा अझ बिस्तार गर्ने सान एग्रो ईस्टेटका संचालक तथा किसान दिक्षित भण्डारीले बताउँनु भयो ।

कफि खेती डडेलधुराका लागि नमूना वालीको रुपमा उत्पादन शुरु गरिउको छ, कफिलाई पेय पदार्थहरु मध्येको एक सममानित नरम पेयपदार्थको रुपमा लिईन्छ । मानसिक र शारिरीक थकान मेटने अल्छीपन हटाउने, निन्द्रा कम गराउने, स्फूर्ति ल्याउने र जाँगरिलो बनाउने तत्व पाईने भएकाले आजभोली चिया भन्दा कफिलाई महत्वका साथ पिउने गरिन्छ ।
नेपालमा वि.सं. १९९५ सालमा गुल्मी जिल्लाबाट शुरु भएको कफि खेती देशका ४० जिल्लामा फैलिएको छ भने २३ जिल्लामा १७२९ हेक्टरमा व्यवसायिक रुपमा खेती गर्ने गरिएको छ । नेपालमा कफि खेतीमा ३२ हजार भन्दा बढि साना किसानहरु क्रियासिल छन ।





