Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुरामा विश्व दुग्ध दिवस मनाईयो

Posted on June 1, 2023June 1, 2023
Share this post
       

अखण्ड सम्बाददाता
१८ जेठ २०८० डडेल्धुरा
“दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार” भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा पनि विश्व दुग्ध दिवस मनाईएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराको आयोजनामा मानव जीवनका लागि अपरिहार्य रहेको दुग्धजन्य कृषि व्यवसायको महत्व उजागर तथा प्रबद्र्धन गर्न, पशुपंक्षीबाट सर्ने रोगहरुबाछ बच्न र बचाउन जनचेतनामूलक कार्यक्रमलाई नेपालमा आठौं दिवसको उपलक्ष्यमा मनाईएको कार्यालयले जानकारी दिएको छ ।
कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख रामचन्द्र भट्ट, सुरक्षा निकायका प्रमुख, बिभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, कृषक तथा दुग्धजन्य कृषि उद्यमी र भेटेरिनरी विषयमा अध्ययन गर्ने ओजेटी प्रशिक्षार्थीहरुको उल्लेख्य उपस्थिति रहेको दिवस कार्यक्रममा दुध मानवका लागि दैनिक उपभोग्य अनिवार्य खाद्यपदार्थ भएकोले दुग्ध उत्पादन तथा बितरण स्वच्छ र गुणस्तरिय हुनु पर्ने धारणा राखेका छन ।
कार्यक्रमका प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले डडेल्धुरा जिल्ला कृषि तथा पशुपालका लागि अत्यन्त संभावना भएको भूगोल रहेकोमा परस्पर सम्बन्ध रहेको समग्र कृषि विकासका लागि तरकारी, अन्न वाली तथा पशुपंक्षीपालनका क्षेत्रमा क्रियासिल व्यवसायिक कृषकहरुलाई प्रोत्साहन गर्ने, दुग्ध उत्पादनमा आत्म निर्भर हुने गरि लगानी गर्ने र निर्यात प्रबद्र्धनात्मक कार्यक्रममा जोड दिन आग्रह गर्नु भयो ।
उहाँले किसानहरुका समस्यालाई दृष्टिगत गर्दै जिल्लाको बाँझो जग्गा उपयोग गरि दुग्ध उत्पादन केन्द्रीत पशुपालन कार्यक्रमलाई घरघरमा उद्यमी बनाउन किसानहरुलाई उत्प्रेरित गर्दै जिल्लाका स्थानीय तह र सरोकारवाला निकायको प्राथमिकताका साथ ध्यान जानु पर्ने बताउँनु भयो ।
दुग्धजन्य पदार्थ बजारमा ल्याउँदा किसानहरुले गुणस्तरिय दिनु पर्ने, दुध खरिद गर्ने व्यवासायीबाट पनि दुग्धजन्य चिजबस्तुको बिक्रि बितरण पनि गुणस्तरिय हुनु पर्ने, संक्रमणरहित हुनु पर्ने, दुध खरिद गर्दा जाँच गरिनु पर्ने, दुग्ध परिकारको तयारीमा मानव स्वास्थ्यलाई सामान्य असर पनि नपर्ने गरि सरसफाईमा बिशेष ध्यान दिनु पर्ने सहभागिले बताएका छन ।
आठौं दिवसको समापन गर्दै भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका कार्यालय प्रमुख देवराज भट्टले मान्छेमा देखिएका बिभिन्न सामान्य देखि जटिल खालका रोगहरु ६० प्रतिशत पशुपंक्षीबाट सर्ने भएकोले दूध उमालेर खाएमा पशुजन्य रोको प्रकोपबाट बच्न सकिने बताउँदै सेवन गर्ने बस्तु वा पेय नै संक्रमणयुक्त भए कसरी हामी स्वस्थ र सुरक्षित हुन सक्छौं भन्दै उत्पादक र उपभोक्ता सबै सचेत हुनु पर्ने बताएका छन ।
कार्यालय प्रमुख भट्टले पशुहरुलाई कुनै समस्या भए सम्पर्कबाट टाढा रहने मात्र नभई उपचारमा ध्यान दिनु पर्ने, नियन्त्रणका उपायहरु अबलम्बन गर्नु पर्ने भएकाले पशुधनबाट सर्ने जुनोटिक रोगहरुबाट बच्नुका साथै बजारमा उपलब्ध दुग्धजन्य चिजबस्तुको सेवन तथा प्रयोगलाई स्वस्थ र व्यस्थित बनाउन सरोकारवाला निकाय सबैको सहयोगको अपेक्षा पनि राख्नु भयो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com