Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

चुनौती खोज्दै आँटिला सागर ढकाल डडेल्धुरामा

Posted on July 28, 2022July 28, 2022
Share this post
       

अखण्ड सम्बाददाता,
१२ श्रावण २०७९ डडेल्धुरा
आगामी संसदिय निर्वाचनका लागि गुल्मीका युवा सागर ढकालले डडेल्धुराबाट उम्मेदवारी दिने घोषणा गरेका छन ।
बुधवार पत्रकार सम्मेलन मार्फत डडेल्धुराका पत्रकार सँग कुरा गर्दै ढकालले आफू प्रधानमन्त्रीको बिरुद्धमा उम्मेदवारी दिन आएको नभई राष्ट्र निर्माणको ऐजेण्डा बोकेर चुनौती खोज्दै डडेल्धुरा पुगेको बताएका छन ।
संसदिय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा कार्यक्रममा युवाहरुको प्रत्यक्ष नेतृत्व, वुवाआमाको सल्लाह, हजुरवुवा आमाहरुलाई ससम्मान पूर्ण आराम भन्ने नाराका साथ विकाससँगै बाताबरण, संस्कार र संस्कृतिको जगेर्ना गर्न नेपाली युवाहरुले देशैभर प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने पनि घोषणा गरेका छन ।
प्रधानमन्त्री शेर बहादुर देउवाकै जिल्लामा किन र कसरी चुनाव लडने आँट गर्नु भयो भन्ने पत्रकारको जिज्ञासामा सागरले निर्वाचन सबै भन्दा बढि कठिन क्षेत्र भनेको प्रधानमन्त्रीको गृह जिल्ला हुनसक्छ भनेर चयन गरिएको र डडेल्धुराका जागरुक तथा सचेत नागरिकको साथ सहयोग र समर्थन एवं विश्वास जित्नका लागि आफू डडेल्धुरा आएको उनले बताएका छन ।
उनले भने ७० वर्ष उमेर काटेका नेताहरुले लोकतन्त्र स्थापनार्थ दिएको योगदानको कदर गर्दै अब नेपालको भविष्य युवाहरुलाई सुम्पिनु पर्ने भन्दै उहाँहरुलाई राजनीतिक जीवनबाट स्वयं बिश्राम लिन आग्रह पनि गर्नु भयो । उमेर ढल्किदै गदाई देश चलाउने बुद्धिविवेक क्षमतामा ह््रास आउने भएकोले पुस्तान्तरण गर्न बर्तमान शिर्ष नेताहरुलाई सुझाएका छन ।
युवा माँझ चर्चित ढकालले आफूहरुले युवाको नेतृत्व र संबिधानको कार्यान्वयन मुख्य रुपमा दुई वटा मात्र ऐजेण्डा अघिसारेको र संबिधानमा व्यवस्था गरिएका प्राबधान मात्र पनि कार्यान्वयन भए देशले काँचुली फेर्ने, युवाहरुले बिदेशिनु नपर्ने, देशमा सुशासन अमनचयन कायम हुने जिकिर पनि गरेका छन ।
नेपालका राजनीतिक दलहरुले तयार पारेका बिधान, सिद्धान्त, चुनावी घोषणापत्रहरु आफैमा सुन्दर परिकल्पना गरिएका छन तर नेताहरुको प्रतिबद्धता, व्यवहार कार्यशैली जन आकांक्षा बिपरित भएकोले उनिहरुलाई सुधार गर्नका लागि, संबिधानको अन्र्तबस्तुको ईमान्दारितापूवृक अक्षरस कार्यान्वयनका लागि हामीले अब दबाब दिनुको बिकल्प छैन, त्यसका लागि राष्ट्रिय आवश्यकतामा आधारित जनताका आकांक्षा सम्बोधन हुने साझा ऐजेण्डा सहितको उम्मेदवारी रहन्छ त्यसको फैसला जनताको हातमा छ र विवेकको परिक्षण स्वरुप हामी देशैभर जनताले चाहेका स्वतन्त्र वा स्वच्छ छवि भएका समाजसेवी व्यक्तिलाई उम्म्ेदवार बनाउँदै छौं ।
हाम्रो यो अभियानबाट धेरै युवाहरु उत्साहित भएका छन, हामी राजनीतिक अनुभव भन्दा पनि राज्यको नीति तथा कार्यअनुभवको आधारमा, बिज्ञताका आधारमा विकसित राष्ट्रको जस्तो स्थानीय क्षेत्रमा नमूना काम गरेर देशैभर मोडेलको रुपमा काम गरेर देशलाई विकसित र समृद्ध बनाउने सोचका साथ अघि बढेकाले डडेल्धुराबासीले पनि साथ दिनेमा आफूहरु विश्वस्त रहेको बताए ।
२०७४को स्थानीय तह निर्वाचन पछि चौथो पटक प्रधानमन्त्री भएकै बेला एक टेलिभिजन कार्यक्रममा अक्सफोर्ड विश्ववबिद्यालयको प्रसंगमा सागर ढकाललाई हपारे पछि उनि बेलायतको अक्सफोर्ड विश्ववबिद्यालयमा हाईड्रो पावर ईन्जिनियरिङ स्नातकोत्तर पढेर भर्खरै मात्र नेपाल आई आगामी निर्वाचनमा डडेल्धुराबाट उम्मेदवारी दिने भन्दै मंगलवार डडेल्धुरा पुगि बुधवार उग्रतारा भगवतीको दर्शन गरि आशिर्वाद मागेर उम्मेदवारी घोषणा गरेका हुन ।
डडेल्धुराका जनतालाई विकास चाहिने, विकासको ऐजेण्डा चाहिने कुरामा जनमत र अभिमतबाट प्रष्ट हुन्छ भन्दै संभावनाको जिल्ला सुन्दर भुमि डडेलधुराको प्रसंसा पनि गरेका थिए भने निर्वाचन मिति घोषणा हुन बाँकी भए पनि उनि आगामी निर्वाचन सम्म डडेल्धुरा बस्ने र जिल्लाका पुरै भुगोल, पालिका र स्थानीय जनस्तर तहसम्म पुग्ने योजनामा लाग्ने बताएका छन । तस्वीर सौजन्यः बहादुर साउँद, शेर बहादुर भण्डारी

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com