Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

रैथाने वीउ संरक्षणमा कृषक

Posted on January 29, 2026January 29, 2026
Share this post
       

अखण्ड सम्बाददाता
१५ माघ २०८२ डडेल्धुरा
लोप हुँदै गईरहेको रैथाने वीउ संरक्षणका लागि अमरगढी ५ सेलागाउँमा जैबिक विविधता कार्यक्रम संचालन हुने भएको छ ।
अमरगढी नगरपालिकाको आर्थिक वर्ष २०८२÷०८३ को संघिय शशर्त स्वीकृत कार्यक्रम बमोजिम कृषि जैबिक बिबिधता संरक्षण तथा सामुदायिक वीउ बैंक सुदृढिकरण कार्यक्रम अन्र्तगत सामुदायिक वीउ बैंक स्थापनाका लागि कृषक अमरगढी ५ सेलागाउँमा रहेको कृषकलाई सामुदायिक वीउ बैंक समबनिध अभिमुखिकरण गरिएको हो ।
असिग्राम बहुउद्देश्यीय कृषि समुहका अध्यक्ष जगन्नाथ ओस्थीको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा अमरगढी नगरपालिकाको कृषि विकास शाखाका प्राबिधिक दिपक सिं ऐरले स्थानीय स्तरमा कृषकले उत्पादन गर्दै आएका विविध रैथाने अन्न तथा नगदे वाली लोप हुँदै गएकोले यसको संरक्षण गर्न कार्यक्रम लागु गर्न लागिएको बताउनु भयो ।
उहाँले परम्परागत रुपमा रहेका रैथाने वालीहरु धान, रातामकै, काउन, कोदो, सोट्टासिमी, चोतो(मूला), लगायत कृषकले रुचाएका र पछिल्लो समय लोप हुँदै गएका वालीको वीउ प्रबद्र्धन गर्दै वीउपूँजी समेत खडा गरिने बताए ।
विगत चार वर्ष देखि आलु तथा ताजा तरकारी खेती कार्यक्रममा क्रियासिल समूहका कृषकहरुले अभिमुखिकरण तथा अन्र्तक्रियामा रैथाने वाली संरक्षण कार्यक्रम कार्यान्वयन र संचालनमा प्रतिबद्धता जनाउनुका साथै गरिरहेको खेतीकृषिमा जंगली जनाबर बाँदरबाट आतंकित भईरहेको प्रति चिन्ता व्यक्त गरेका छन ।
आलु खेतीका लागि आलु सुपर जोनबाट तारजाली घरेबार लगाए पछि तरकारीबाट मनग्गे आम्दानी गर्न सफल भएका र उत्साहित देखिएका यस क्षेत्रका किसानहरु आफूसँग भएको रैथाने वालीको वीउ साँटासाँट गरि नयाँ प्रणालीको रैथाने वाली प्रति पनि आकर्षित भएका छन ।
सामुदायिक वीउ बैंक स्थापना कार्यक्रम संचालन भए समुह र समुदायमा रैथाने वालीको संकलन, प्रदर्शनी र भण्डारण, वीउ पुँजी कोष स्थापना गर्ने लगायतका विविध कार्यक्रम समेत संचालन गरिने कार्यक्रमको लक्ष्य रहेको प्राबिधिक ऐरले बताउँनु भयो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com