Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

पूर्ण खोप पालिका सुनिश्चतताका लागि अमरगढीको घोषणा

Posted on June 26, 2024June 26, 2024
Share this post
       

अखण्ड सम्बाददाता
१२ अषाढ २०८१ डडेल्धुरा
अमरगढी नगरपालिकाले पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रतिबद्धता कार्यक्रम सम्पन्न गरेको छ ।
स्थानीय श्रोतसाधनको उपभोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने मूल नारा र पूर्ण खोप, सुरक्षित भविष्य भन्ने मूल ध्येयका साथ मंगलवार गरिएको प्रतिबद्धता घोषणा कार्यक्रममा पालिकाका ११ वटै वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र प्रदान गरिएको छ ।
अमरगढी नगरपालिका नगरप्रमुख डिल्लीराज जोशीको सभापतित्व तथा जिल्ला समन्वय समिति प्रमुख गगन सिंह भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा अमरगढी नगरपालिकाको स्वास्थ्य अवस्था, स्वास्थ्यको सुधारका संभावना, विद्यमान समस्या र चुनौतीहरुका बारेमा स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर बिष्टले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खगेन्द्र बहादुर बमले स्वास्थ्य क्षेत्रमा व्यापक संरचनागत समस्याहरु रहेकोले सुधार गर्दै लैजानु पर्ने धारणा राख्दै स्वास्थ्य क्षेत्र अत्यावश्यक भए पनि प्रत्येक वर्ष बजेट घटदै जानु बिडम्बनापूर्ण रहेको बताउँदै स्वस्थ समाज निर्माणको अभिारा पुरा गर्न मेरो स्वास्थ्य, मेरो जिम्मेवारी भन्ने लक्ष्य सबै नागरिकको हुनु पर्ने बताउनु भयो ।
यस्तै प्रमुख अथिति भण्डारीले स्वास्थ्य सबैका लागि र स्वस्थ सबै भन्ने कुरालाई सबै नगरवासी र आम जनसमुदायले मनन गर्नु पर्ने भएकोले निशुल्क खोपको सदुपयोग गरि स्वस्थ जीवनको आधार निर्माण तर्फ सबैको ध्यान जानु पर्ने बताउनु भयो ।
घोषणा कार्यक्रमको समापन गर्दै नगरप्रमुख जोशीले खोप सबैलाई अनिवार्य छ, खोपले जीवन रक्षा गर्छ, स्वस्थ मानिसले मात्र हरेक काम गर्न सक्छ भन्दै खोपको महत्वलाई जनस्तरसम्म सुसूचित गरि खोपको उद्देश्य र लक्ष्यलाई प्रभावकारी बनाउन जनप्रतिनिधि, कर्मचारी संयन्त्र लगायत सरोकारवाला सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।


उक्त कार्यक्रममा पोषणलाई लक्षित गरि गुणस्तरिय जीवनका लागि स्वास्थ्य, बृद्धि विकासका लागि पोषणको महत्व र गाउँ भित्रको सबै पूर्बाधार भएको सुन्दर घरबगैंचा विषयक नगरपालिका स्तरिय अन्तर माध्यमिक तह चित्रकला प्रतियोगिताको मूल्यांकनमा उत्कृष्ट प्रथम, द्वितिय, तृतिय र सान्त्वना नतिजा ल्याउन सफल बिद्यार्थीलाई जनहि क्रमसः रु. ६ हजार, पाँच हजार, तिन हजार र एक हजार नगद पुरुस्कार सहित प्रमाणपत्र बितरण पनि गरिएको थियो ।
पूर्ण खोप घोषणा तथा दिगोपना कार्यक्रमको रणनीति अनुसार सुनिश्चितता र प्रतिबद्धता कार्यक्रममा नगरपालिका स्तरिय जनप्रतिनिधिहरु, स्वास्थ्य स्वयं सेविका, संचारकर्मी र बिद्यार्थीको उपस्थिति रहेको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com