Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

गृहपृष्ठ

नामकरणको मुद्दा संसदमा प्रवेश नगरी सकियो प्रदेश १ को हिउँदे अधिवेशन

sharethis sharing button
फाइल तस्बिर।
फाइल तस्बिर।

प्रदेश सभाको हिउँदे अधिवेशनमा सकेसम्म प्रदेशको नाम टुंग्याउने, त्यो सम्भव नभए नामको विषय संसदमा प्रवेश गराउने प्रतिवद्धताविपरीत प्रदेश-१ सरकारले संसद अधिवेशन टुंग्याएको छ।

सरकारले आइतबार राति १२ बाट प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको नवौं तथा हिउँदे अन्त्य गर्ने निर्णय गरेको हो।

गएको दसैंअघि नै सुरू भएको संसद्को हिउँदे अधिवेशन तत्कालीन मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन आह्वान गरेका थिए। उनले विश्वासको मत नलिई राजीनामा दिएपछि राजेन्द्र राई मुख्यमन्त्री बनेका थिए।

पाँच दलीय गठबन्धनको नेतृत्व गरेर मुख्यमन्त्री बनेका राई र गठबन्धनका अन्य नेताहरू सबैले हिउँदे अधिवेशनबाट नामकरण टुंगो लगाउने बताउँदै आएका थिए। यसबीचमा नामकै विषयमा सर्वपक्षीय एउटा छलफल आयोजना गरेको सरकारले मन्त्रीको नेतृत्वमा नामबारे संवाद समिति पनि बनाएको छ। यद्यपी नामकरणको मुद्दा संसदमा प्रवेश गराउने काम भने सरकारले गरेन।

आजको मन्त्रिपरिषद बैठकले प्रदेश सभाको बैठक अन्त्य गर्ने निर्णय गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाउने निर्णय गरेको यातायात तथा सञ्चार मन्त्री उपेन्द्र घिमिरेले जानकारी दिए।

सत्ता गठबन्धनका नेताहरुले नामका बारे अझै छलफल जारी रहने र सहमतिका आधारमा बर्खे अधिवेशनमा नामकरण टुंग्याउने बताएका छन्।

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com