Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

सामुदायिक बिद्यालयमा अंग्रेजी क्याम्प

Posted on April 23, 2023April 23, 2023
Share this post
       

अखण्ड सम्बाददाता
अमरगढी नगरपालिका वडा नं. ५ सेलागाउँमा रहेको श्री असिग्राम प्राथमिक बिद्यालयमा अंग्रेजी क्याम्प शुरु भएको छ ।
आधारभूत तहका बिद्यार्थीलाई बिभिन्न खेलौनाको माध्यमबाट र रचनात्मक ज्ञान दिदै बिभिन्न नविनतम शिक्षण बिधि सिकाई र प्रबिधिबाट बिद्यार्थीहरुलाई अध्यापन गराईने बिद्यालयका प्रधानाध्यापक सकुन्तला भट्टले जानकारी दिनु भएको छ ।
२०३३ सालमा स्थापना भएको प्राथमिक स्तरको सामुदायिक (सरकारी) बिद्यालय असिग्राम प्राथमिक बिद्यालय सेलागाउँ सदरमुकामको निजी बिद्यालय शिक्षाको प्रभावबाट गुज्रिदै आएको छ भने सरकारी बिद्यालयलाई माथी उकास्न र शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने तर्फ स्थानीय सरकार, बिद्यालय परिवार र अभिभावकले यथोचित रुपमा ध्यान नदिदा बिद्यालयमा बिद्यार्थी संख्या घटे पछि बिद्यालय नियमित रुपमा संचालन गर्न पनि कठिनाई भए पनि बिद्याथी र अभिभावकको आकर्षण बढाउन अंग्रेजी क्याम्प मार्फत पठनपाठन गरिने बिद्यालयले जनाएको छ ।
बिगत पाँच वर्षको तुलनामा बिद्यार्थी संख्या बढे पनि अंग्रेजी शिक्षकको अभावमा आगामी शैक्षिक सत्रमा कक्षा व्यवस्थापन गर्न समस्या रहेकोले अमरगढी नगरपालिकाका प्रमुख र शिक्षा शाखासँग पहलकदमी भईरहेको बिद्यालयले जनाएको छ ।
आईतवार सम्पन्न अंग्रेजी क्याम्पमा बिद्यालय सेवा क्षेत्रका वालवालिकाहरु, अभिभावक, क्याम्प संचालनका लागि सहयोग गरिरहेको संस्था जीवन रक्षा केन्द्रका प्रतिनिधिहरु, स्थानीय समाजसेवी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

 

क्याम्प उद्घाटनका थप तस्वीरहरु…………

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com