Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

सागर माथी प्रहरीको नियन्त्रण

Posted on November 7, 2022November 7, 2022
Share this post
       

अखण्ड सम्बाददाता

२१ कार्तिक २०७९ डडेल्धुरा
डडेल्धुरामा प्रतिनिधि सभा सदश्य पदका उम्मेदवार सागर ढकाललाई स्थानीय प्रशसनले चुनाव प्रचारप्रसारमा हस्तक्षेप गरेको छ ।
मंगलवार सागर ढकाल समर्थक युवाहरुले १० जना युवाहरुले चुनाव चिन्ह सहितको १० वटा झण्डा सहित दुई किलो मिटर सदरमुकामको बजार क्षेत्रमा ¥याली गर्दै जाँदा गस्तीमा परिचालन भएका प्रहरीले रोके पछि केहि बेर वादविवाद पनि भएको सागर ढकालले जानकारी दिएका छन ।
आचार संहिताको परिपालना हुने गरि आम मतदातालाई सार्बजनिक रुपमा माईकिङ द्वारा अपिल गरिरहेको शान्तिपूर्ण कार्यक्रममा माथीको आदेश भन्दै तुफाँनडाँडा चोकमा प्रहरीले रोक लगाए पछि सागरका समर्थक लगायत स्थानीय युवाहरुले प्रहरी प्रशासनको बिरोध गरेका छन ।
प्रधानमन्त्रीको आमसभामा सैयौं गाडीहरु प्रयोग हुँदा मौन बस्ने प्रहरी प्रशासन, आचार संहिता नियमन समिति लगायत निर्वाचन आयोगका निकायहरु स्वतन्त्र उम्मेदवारसँग साना सना कुरामा निहुँ खोजिरहेको ढकालले टेलिफोन मार्फत बताए ।
युवा लगायत डडेल्धुराका मतदाताको आकर्षण मेरो पक्षमा देखिए पछि सत्तापक्ष अत्तालिएको र ठाउँठाउँमा अबरोध गर्न उद्दत रहेको पनि उनले बताए ।
उता जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मंसिर ४ गते हुन गईरहेको आम निर्वाचनका लागि कुनै पनि राजनीतिक दल तथा उम्मेदवारलाई अबरोध नगरिएको र रोक नलगाएको तथा स्थानीय प्रशासनलाई जानकारी गराई मात्र प्रचार प्रसार एवं चुनावी कार्यक्रमहरु गर्न आग्रह सहितको विज्ञप्ती प्रकासित गरेको छ ।

 

 

 

 

 

तस्वीर–जर्नलिष्ट नोटिस डडेल्धुरा, सूचनामूलक तस्वीरका लागि साथीहरुलाई धन्यवाद

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • सुनसरी घटनाको बिरोध डडेल्धुरामा पनि, हिन्दु माथीको आक्रमण अस्वीकार्य
  • आयुर्वेदिक उपचारमा आकर्षण, भौतिक पूर्बाधारको अभावमा सेवा प्रभावित
  • आलु खेतीमा डडेल्धुरा आत्मनिर्भर बन्दै
  • बालबालिकालाई कसरी सिपालु बनाउने ?
  • डडेल्धुरामा पहिलो पटक कफी खेती

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com