Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

सनातन धर्मको पक्षमा बढदै जनलहर, पाँच उम्मेदवार मुख्य प्रतिस्पर्धि

Posted on February 14, 2026February 14, 2026
Share this post
       

अखण्ड सम्बाददाता
२ फागुन २०८२ डडेल्धुरा
चुनाव नजिकिदै गर्दा डडेल्धुरामा पनि बढदै गईरहेको सरगर्मीले आम मतदातालाई फागुन २१ मा केन्द्रीत गरेको छ ।
पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको उम्मेदवारी नरहेको डडेल्धुरा जिल्लामा १३ जनाको उम्मेदारीमा जित्ने व्यक्ति एक साँसद मात्र रहने भएकाले पछिल्लो समय सनातन धर्मको ऐजेण्डा तर्फ मतदाता आकर्षित भएका छन ।
२०६२/०६३ को जनआन्दोलनको जगमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र असफल भएको र नेपालको संबिधान २०७२ जारी भए पश्चात धर्म निरपेक्षतासँगै मुलुकमा विकसित भएको बिकृति बिसंगति, आयातित परम्पराहरु, कुसंस्कारले जनताको पहिचान संकटमा पर्दै गए पछि राष्ट्रियता र धर्मको रक्षा गर्ने स्पष्ट मुद्दा बोकेको पार्टी एवं निरपेक्षताबादी बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
मनोनयन पछि मात्र तातेको चुनावी माहोलमा हेवीतौल भएका उम्मेदवारको प्रतिस्पर्धा नभए पनि ३५ वर्षको बिरासत जोगाउने कि नयाँ ईतहास स्थापना पक्षधर बिच कडा प्रतिस्पर्धा हुने आँकलन भईरहेका बेला सबै उम्मेदवारले आफू जित्ने दाबी गरिरहेका छन ।
प्रतिनिधि सभा सदश्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुराका सात वटै स्थानीय तहका ५२ वटै वडाका विभिन्न गाउँबस्तीमा भोट माग्दै उम्मेदवारहरु गाउँघरमा मतदातासँग भेटघाटमा व्यस्त देखिएका छन ।
निर्वाचनको रणभूमिमा को बलियो को कमजोर भनने सिद्धान्त गौण हुन्छ, मतदातालाई रिझाउन र परिबर्तित समयको वास्तविकता बुझाउन सके चुनाव कसैले पनि जित्न सक्छ, भन्ने कुरालाई नयाँ पुराना दल तथा उम्मेदवारलाई हेक्का हुनु पर्छ, साना दल र स्वतन्त्र उम्मेदवारलाई उपेक्षा गरिरहेका ठूला भनिएका दल र तिनका उम्मेदवारले आफूहरु प्रति जनता सकारात्मक नरहेको विषयलाई न त कहिंकतै बोलेका छन न समिक्षा नै गरेका छन ।
मुलुक अस्थिरताको भूमरिबाट माथि उठने विश्वास अहिलेको चुनावबाट गरिरहेका छन, देशमा व्याप्त असन्तुष्टिलाई सम्बोधन गर्ने विश्वसनिय ऐजेण्डा न पुराना दलसँग छ न त तिनका प्रत्यासीसँग । उनिहरु आफ्ना विगतका गल्ती कमजोरीलाई जेन्जी आन्दोलनलाई दोषारोपण गरेर उन्मुक्ति खोज्ने र विषयान्तर गर्ने प्रतिस्पर्धा दलहरुमा चलिरहेको स्थानीयको बुझाई छ ।
देशमा जनताको भावना चाहना बुझ्ने अभिभावक नभएका कारण जनतामा नैराश्यता छाएको छ, भ्रष्ट मतिले देशका युवाहरुमा राष्ट्रियताको अभाव खटकिएको छ, गरिब निमुखा र मध्यम आयस्तर भएका जनताका लागि बाँच्न नसकिने अवस्था सिर्जना भएको छ, कर्तुतहरु लुकाउन र स्वार्थलोलुप्तामा समयसमयमा फेरबदल हुने सरकार निकम्मा भईरहेको छ, महंगिले दिनप्रतिदिन आकाश छुँदैछ, नियन्त्रण गर्ने निकाय नै आफै भक्षक भईरहेका कारण बैदिक संस्कार र मूल्य मान्यता अनुसार सनातन धर्मको संरक्षण तथा स्थापनामा जोड दिदै जिल्लाका मतदाताले परिवर्तनको संकेत देखाएका छन ।
परिवर्तित अवस्था र चुनावी शैली, बढदो देशव्यापी मौसमी लहरले डडेल्धुरामा पनि त्यसको प्रभाव कम नभए पनि उम्मेदवार व्यक्तिका बारेमा जनमानसमा विभिन्न चर्चा चलिरहेको बेला विगतका शासक, राजनीतिक दल प्रतिको खिन्नताले गर्दा जनता अब त धर्म, राष्ट्रियता र पहिचानको पक्षमा उँभिने दाबी गरिरहेका छन ।
संघिय संसद भनेको जनताको आवाज मुखरित गर्ने थलो हो, डडेल्धुरामा विद्यमान सैयौं समस्याहरुलाई उजागर गर्ने, जनताले चुनावबाट दिएको आशा भरोसालाई प्रतिबिम्बित गर्न सक्ने र कुनै बन्धन तथा बाध्यतामा नपरि काम गर्न सक्ने उम्मेदवारलाई यस पटक विश्वास गर्ने अवस्था देखिएको युवा उम्मेदवारले बताए ।
यस पटकको चुनाव देशैभर रोचक देखिएको छ, बाहिर देखिएको माहोल र जनताको भित्रि मन बुझ्न कठिन देखिएको छ । जनताले के चाहेका छन भन्ने कुरा सतहि रुपमा गरिने विश्लेषण मिथ्या हुन सक्ने र यतार्थ बिचित्रको आउन सक्ने भएकाले चुनावी मैदानमा रहेका उममेदवार र प्रचारप्रसारमा रहेका नेता कार्यकर्ता तथा अभियानकर्ताहरु अन्योलमा रहेका छन ।
पाँच वर्षमा हुने आबधिक निर्वाचन जेन्जी आन्दोलनका कारण विशेष परिस्थितिमा हुन लागेकोले एकातिर जनतालाई धोका भएको छ, राष्ट्रको अनावश्यक समयमा निर्वाचन हुँदा अर्बौं खर्च हुने भएको छ, कतिपय विकासका योजनाहरु कटौति गरेर निर्वाचन व्यहोर्नु परेको छ, जनताको अधिकार खोसिएको छ । पाँच वर्षको जनमत प्राप्त जनप्रतिनिधिले काम गर्नु पर्ने समयमा जनताका सपना अधुरा राख्दै महत्वाकांक्षी दौडमा होमिुन परेको छ, राजिनामा गरेर संघिय संसदको निर्वाचनमा उम्मेदवारी दिंदा पुनः रिक्त रहेको स्थानमा निर्वाचन गराउनु पर्नेछ, राज्यको अनावश्यक आर्थिक भार थपिने छ जस्ता गम्भीर प्रश्नहरुले राज्यको अर्थतन्त्र कसरी धान्ने भन्ने चिन्ता एकातिर छ भने यति गर्दा पनि स्थिरता र सुशासन भएन भने के होला भन्ने पिर जनतामा रहेको स्थानीयकोे भनाई छ ।
चुनावको आवश्यकताका बारेमा जनताले जान्नु जरुरी छ, किन असामयिक र मध्याबधि निर्वाचन हुँदैछ त ? के मत हाल्ने रहर जनतामा थियो ? के कारणले निर्वाचन हुँदैछ ? यसका सबल र दुर्बल पक्ष के हुन ? जनताले यो निर्वाचनबाट के पाउँछन, के गुमाउँछन ? जनता नचाहँदा नचाहँदै पनि चुनाव स्वीकार्नु परेको छ यो परिस्थितिमा जनताले स्वाभिमान र विवेकपूर्वक निर्णय गरिएन र भ्रमका पछि लागे पछुताउनु पर्ने भागेश्वर गाउँपालिकाका एक युवाले बताए ।
चुनावमा होमिनु र आफ्नो पक्षमा जनतमत तान्न कस्सिएर लाग्नु ठूलो कुरा होईन, देशले के मागिरहेको छ, जनताको भावना र आकांक्षा के छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । उम्मेदवारको स्वभाव, चरित्र आचरण र विगतको सक्रियता, सामाजिक क्रियाकलाप र योगदान, जनतासँगको सम्बन्ध र जनताका जायज र संभव कामहरु गर्न सक्ने नेता डडेल्धुरा चाहिरहेको आम सर्बसाधारणमा मनोभावना देखिन्छ ।
सबै पार्टीका उम्मेदवारका आ–आफ्नै चुनावी योजनाहरु र तर्क छन तर जनताले विगतमा भोगेका पिडा, नेताहरुले देखाएको विकास प्रतिको अनिच्छा र उदासिनता, अवसरवाद, कुशासन, निरंकुशता, अन्याय प्रति अनभिज्ञ नरहेको र अपेक्षित परिणाम नदेखेकोले विशेष अवस्थामा भईरहेको चुनावमा खासै उत्साह नभए पनि मताधिकारको प्रयोग कसरी हुन्छ भन्न नसकिने एक युवाले बताए ।
मतदानको मिति नजिकिदै गर्दा मतदाताको हातमा चुनावी घोषणापत्र नपुगेकाले र औपचारिक रुपमा प्रचारप्रसार गर्ने समय नआएकाले पनि होला चुनाव चुनाव जस्तो देखिएको छैन, मतदाताले जनताका लागि ल्याईने भनिएको प्रतिबद्धता अध्ययन गर्न पाएका छैनन तर समय बदलिएको छ, मतदाताको चेतनास्तर पनि माथि उठेको छ, सुझबुझ फेरिएको छ, अघिल्ला निर्वाचन जस्तो माहोल र लहलहै पनि नरहेको अवस्थामा जनतामा मौनता पनि छाएको छ ।
डडेल्धुरामा खास गरि नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी, रास्वपा, नेकपा एमाले र राप्रपाका उम्मेदवार बिच दलिय प्रतिस्पर्धा देखिएको छ भने स्वतन्त्र उम्मेदवार गौरबले सबै दललाई टक्कर दिने गरि चुनावी गतिबिधिहरु अगाडी बढिरहेकोले विगतको विरासत जोगाउने कि ईतिहास पल्टाउने भन्ने भिडन्तले डडेल्धुराको चुनावी सरगर्मी बढेको छ ।
तथापी निर्वाचनको नतिजा अनपेक्षित र अप्रत्यासित पनि हुने भएकोले अहिले नै यसै होला भन्न सुकिने अवस्था छैन । निर्वाचन नजिकिदै गर्दा हरेक व्यक्तिका बिचमा भेटघाटको पहिलो दोश्रो सोधपुछ नै निर्वाचन प्रसंग हुने गरेकाले सार्बजनिक स्थलमा हारजीतको विश्लेषण तथा विशेष उम्मेदवार विशेष चर्चापरिचर्चा हुनु सान्दर्भिक र स्वभाविक पनि हो । प्रचारप्रसार र जनताको विवेकको परिणाम कस्तो र कसको पक्षमा आउँछ त्यसका लागि फागुन २१ र मतगणना कुर्नै पर्छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com