Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

संस्कृति जगेर्ना गर्दै राष्ट्रिय धान दिवस

Posted on June 29, 2025June 29, 2025
Share this post
       

अखण्ड सम्बाददाता
१५ अषाढ २०८२, डडेल्धुरा
मानो रापी मुरी फलाउने ध्येयका साथ डडेल्धुरामा संस्कृतिको जगेर्ना सहित राष्ट्रिय धान दिवस मनाईएको छ ।
“धान वालीमा सघनता, खाद्य सुरक्षा र आत्म निर्भरता” भन्ने नाराका साथ डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. ३ डोटी घटाल क्षेत्रमा सरकारी तबरबाट जिल्ला स्तरिय राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईएको छ भने अमरगढी नपा वडा नं. ५ सेलागाउँमा कृषकको व्यक्तिगत तबरबाट रोपाई संस्कृतिको जगेर्ना गर्दै भव्य रुपमा मनाईएको हो ।
कृषि ज्ञान केन्द्र डडेल्धुरा, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय डडेल्धुरा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन ईकाई कार्यालय आलु सुपर जोनका कार्यालय, ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना र अमरगढी नगरपालिका कृषि तथा पशुपंक्षी शाखाको संयुक्त आयोजनामा गरिएको २२ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव कार्यक्रम हरियाली महिला कृषि समुहका अध्यक्ष यशोदा देवी साउँदको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख गगन सिंह भण्डारीको प्रमुख आथित्यतामा जिल्लाका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरु, गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मी, अगुवा किसान लगायत स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
औपचारिक रुपमा शुरु भएको महोत्सवमा डडेल्धुरा जिल्लाका तिन जना कृषक भिमदत्त उत्कृष्ट कृषक पुरुस्कारबाट जनहि रु. २५ हजार नगद रकम र प्रमाणपत्र सहित दोसल्ला ओढाई सम्मानित पनि गरिएको छ ।
सम्मानित हुनेमा गन्यापधुरा २ का रबिन्द्र माली, अजयमेरु गापा १ का चन्द्रा देवी ओझा र परशुराम नगरपालिका ११ का मिलन घिमिरे रहेका छन ।
कार्यक्रममा कृषि कर्म आम मानव समुदायको अन्नप्रदायक पेशा भएकोले यसलाई आधुनिकिकरण, प्रबिधिमैत्री र व्यवसायिकिकरण बनाई प्रबद्र्धन गरे मात्र खाद्य बस्तुको आयात रोकिने भएकोले ग्रामिण क्षेत्रबाटै अन्न वालीमा किसानलाई प्रोत्साहित गर्नु पर्ने धारणा वक्ताहरुले राखेका छन ।
रोपाई गर्दै र दहि चिउरा खाँदै मनाईने रोपाई महोत्सवमा खेतमा रापाई मात्र नगरि सुदूरपश्चिमका खेतमा डेउडा खेल्ने, ढोल बजाएर भुईन खेल्ने र महिला रोपाहारीले सगुन फाग गाएर पनि मनाउने परम्परा रहि आएको छ ।
सेलागाउँमा अगुवा कृषक करुणाकर अवस्थीले व्यक्तिगत रुपमा आयोजना गरेको राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव कार्यक्रममा लोप हुँदै गईरहेको रोपाई भुईन गायन तथा ढोलक बाजा सहितको रोपाई कार्यक्रममा कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख नरेन्द्र पनेरु, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय डडेल्धुराका कार्यालय प्रमुख ई. अमर बहादुर पाल, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन ईकाई कार्यालय आलु सुपर जोनका कार्यालय प्रमुख पिताम्बर बस्नेत तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कार्यालय प्रमुख हंश थापा र ज्ञानोदय विद्या निकेतनका विद्यार्थीको उल्लेख्य उपस्थितिमा भव्य रुपले रोपाई दिवस मनाएका छन ।
भुईन खेलमा मुख्य गायक नवदुर्गा गाउँपालिका वडा नंं १ असुपाृका चन्द्र बहादुर दमाई र अमरगढी ८ का जय बहादुर दमाईलाई स्थानीय कृषकले संस्कृतिको संरक्षणमा साथ दिएका थिए ।
गहुँ वाली पछिको दोश्रो प्रमुख वालीको रुपमा रहेको धान ६१२० हेक्टर खेती योग्य खेतमा रोपाई गर्ने गरिन्छ भने वर्षातको मनसुन अगाडी नै शुरु भएको र सिंचाई सुबिधा उपलब्ध भएका डडेल्धुराका खेतहरुमा ६० प्रतिशत बढि रोपाई सम्पन्न भईसकेको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com