Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

योग सबैका लागि अपरिहार्य–मन्त्री बोहरा

Posted on September 9, 2022September 9, 2022
Share this post
       

अखण्ड सम्बाददाता
२४ भाद्र २०७९, डडेल्धुरा
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोबिन्द बोहराले योग साधना मात्र नभई आम नागरिकका लागि अस्पताल पनि भएको बताएका छन ।
सोमवार देखि डडेल्धुरामा संचालित सुदूरपश्चिम स्तरिय युवा योग प्रशिक्षण शिविरमा सहभागि हुनु भएका मन्त्रीले योगलाई शारिरिक अभ्यासको रुपमा मात्र नलिई व्यक्तिको मानसिक र स्वास्थ्य उपचारको अलौकिक पद्धती पनि भएकोले हरेक नागरिकले आत्मसाथ गर्नु पर्नेमा जोड दिदै तालीमका प्रशिक्षार्थीलाई आ–आफ्नो कार्य क्षेत्रमा गएर सक्रिय भएर लाग्न कार्यक्रमका प्रमुख अथिति मन्त्री बोहराले आग्रह पनि गरेका छन ।
प्रशिक्षण तथा योग शिविरका मुख्य प्रशिक्षक रहनु भएकी पतंजली योग समिति, युवा नेपालका प्रमुख साध्वी डा. देवविजया जीको सानिध्यमा सम्पन्न योग अभ्यास सत्र पछि बोल्दै मन्त्री बोहराले योगलाई आध्यात्म, धार्मिक संस्कृति र जीवन शैली जोडनु पर्ने भन्दै यस पवित्र अभियानलाई नौ वटै जिल्लामा विकास र बिस्तार गर्नु पर्ने एवं त्यसका लागि सुदूरपश्चिम सरकार तत्पर रहेको र आवश्यक बजेट बिनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
शनिवार समापन हुन गईरहेको सात दिवसिय आवासिय युवा योग प्रशिक्षण शिविरमा प्रशिक्षार्थीलाई योगका बिबिध बिधाको शारिरीक अभ्यास, संस्कृतिको महिमा गरिमा र आचरण तथा बिभिन्न ज्ञान र अनुशासनको बौद्धिक प्रशिक्षण लगायत आत्म सुरक्षा सम्बन्धि व्यायामको सैद्धान्तिक र प्रयोगात्मक तथा प्रशिक्षार्थीसँग अन्र्तक्रियात्मक अभ्यास लाई संगितमय बनाउँदै योग गुरु स्वामी रामदेव जीको योग यात्रामा आधारित जीवनीलाई पर्दामा व्याख्या गरि प्रस्तुतिका साथ प्रशिक्षण पतंजली युवा नेपालका सचिव योग प्रशिक्षक हरिशरण पाण्डे जीले गर्नु भएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • आगामी निर्वाचन लक्षित क्याण्डिडेट क्लब खुल्ला
  • सुनसरी घटनाको बिरोध डडेल्धुरामा पनि, हिन्दु माथीको आक्रमण अस्वीकार्य
  • आयुर्वेदिक उपचारमा आकर्षण, भौतिक पूर्बाधारको अभावमा सेवा प्रभावित
  • आलु खेतीमा डडेल्धुरा आत्मनिर्भर बन्दै
  • बालबालिकालाई कसरी सिपालु बनाउने ?

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com