Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

युवाको सन्देश– स्वदेशमै गर्न सकिन्छ

Posted on November 18, 2024November 18, 2024
Share this post
       

अखण्ड सम्बाददाता
३ मंसिर २०८१ डडेल्धुरा
लामो समय बिदेशमै पसिना बगाएका डडेल्धुराका युवाहरु स्वदेशमै रोजगारीका लागि आकर्षित भएका छन ।
जोखिम मोलेर बिदेशमा काम गरि पैसा कमाउनु भन्दा घरअाँँगनमै केहि गर्न सकिने भन्दै कोहि आलु तथा तरकारी उत्पादनमा त कोहि कुखुरापालन गरेर व्यवसायिक क्षेत्रमा सक्रिय भएका छन ।
मलेसियामा १२ वर्ष रगत पसिना बगाएका मनोजराज अवस्थी आफ्नो गाउँघरमा वाली सुरक्षाका लागि घेरबार भएसँगै तरकारी खेतीमा लागेको अमरगढी नगरपालिका वडा नं. ५ सेलागाउँका मनोजराज अवस्थीको भनाई छ ।
लाखौं लगानी गरेर एक वर्ष दुबई बसे तर आफ्नो गाउँठाउँको कृषि गतिबिधि अगाडी बढेको देखेर बिदेश जति त गाउँमै कमाउन सकिने रहेछ भनि बैदेशिक रोजगार त्यागेर स्वदेशमै परिश्रम गर्ने सोच बनाएर फिर्ता भएको प्रेस तथा कम्प्युटरको दक्ष ज्ञान भएका विष्णु राज अवस्थीे पनि आफू उत्साहित र खुशी भएको बताएका छन ।
कृषि ज्ञान केन्द्र डडेल्धुरासँगको साझेदारीमा लिबर्ड र स्थानीय गैर सरकारी संस्था एकिकृत विकास समाजको बृहत तथा विशेष उत्पादन कार्यक्रम अन्र्तगत समूहमा ३० वटा पोलिहाउस सँगै यि दुबै जना युवालाई पोलिहाउस लगायतका कृषि बिबिध सामग्रीहरु उपलब्ध गराईको भए पनि अझै व्यवसायिक बनाउन स्थानीय सरकार सहित राज्यका निकायबाट प्रोत्साहन गर्नु पर्ने उनिहरुको भनाई छ ।
युवा विष्णुले अर्काको जग्गा २० वर्षका लागि ५ रोपनी जग्गा मातबन्धकीमा लिई कुखुरापालनमा लगानी गरेका छन भने कुखुराको मललाई सदुपयोग गर्दै करार सेवामा सरकारी निकायको रोजगार त्यागी श्रीमतिलाई समेत कृषिमा व्यस्त गरि ताजा तरकारी खेती पनि गर्न थालेका छन ।
गत वर्षको बृहत तथा विशेष उत्पादन कार्यक्रम अन्र्तगत टमाटर, भेडेखुर्सानी, पर्सि काँक्रो, बैगन, खुर्सानी लगायत बिबिध तरकारी उत्पादन कार्यक्रमबाट निर्वाहमुखि कृषि गरिरहेका यस क्षेत्रका किसानले ६ महिनामा ५० औं हजारको आम्दानी गर्न सफल पनि भएकोले कार्यक्रम प्रभाबकारी रहनुका साथै किसानको आधुनिक कृषि प्रणालीको ज्ञान अभिबृद्धि र दिगो आर्थिक उपार्जन पनि भएको कृषि ज्ञान केन्द्र डडेलधुराका कार्यालय प्रमुख खेमराज पनेरुले बताउनु भयो ।
उनि भन्छन सदरमुकामको सबै भन्द्या नजिकको गाउँ सेलागाउँमा तरकारी उपज बिक्रिका लागि समस्या नहुने भएकोले उर्बर जग्गाबाट किन फाईदा नलिने, किन बिदेश जाने, राज्यसँग किन नजोडिने र ताजा तरकारी किन नखाने जस्ता प्रश्नले प्रेरित गरेको भन्दै अरु युवाका लागि पनि प्रेरणाका श्रोत बनेका छन ।
जंगली जनाबरको आतंक, सिंचाई असुबिधा, गाउँबस्तीको पलायनबाट बाँझो रहेको जग्गालाई पुनः उपयोग गर्न सके सबै समस्याहरु समाधान हुने बताउँदै अधिकांश युवाहरु बिदेशको दुख्पिडालाई बिर्सेर आफ्नै घरअँँगनमा घरपरिवारसँग उत्पादन र आयआर्जनसँग जोडिएका कृषकलाई आवश्यक सहयोग प्रबद्र्धन गर्नु पर्ने सरोकारवालाको भनाई छ ।
साथै स्थानीय स्तरमा कृषि उद्यम लगायतका कार्यक्रमहरु युवा लक्षित बनाउँदै राज्यको सुनिश्चित लगानी भए बाँझो जग्गा उपयोग तथा पहाडको बसाईसराई र युवा पलायन रोकिनुका साथै स्थानीय अर्थतन्त्र पनि चलायमान हुने स्थानीयको भनाई प्रति राज्यका तिन वटै तहको सरकार संबेदनशिल हुनु जरुरी छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com