Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

यात्रुलाई प्रहरीको सास्ती

Posted on April 5, 2022
Share this post
       

गाउँगाउँबाट सदरमुकाम आउँने यात्रुहरु चेकजाँचका नाममा प्रहरीको सास्ती भोग्न बाध्य भएका छन

।
बिभिन्न बाहनामा गाडीका कागजातहरु जफत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा राखी बाटोमा छडके जाँच गर्दै गाडीबालासँग त मोटो रकम असुली रहेका छन नै सँगै प्रहरीको अनावश्यक रोकावटबाट यात्रुहरु पिडित भएका छन ।
गाउँबाट आउने बिरामी लगायत टाढा जाने यात्रुहरु प्रहरीको जाँचमा पर्दा घण्टौं अलपत्र परेपछि प्रभावित हुने गरेका छन भने यातायातकर्मीलाई पनि तनावको विषय बनेको एक चालकले बताए ।
एक जना यात्रु भन्छन कतिपय यात्रु अस्पताल आउँछन, तराई, काठमाण्डौं र भारततिर पनि जानका लागि आउँछन उनिहरुले न त समयमा पुग्न पाउँछन न अत्यावश्यक सेवा देखि कार्यालयका जरुरी काम कामकाजहरु गर्न पाउँछन अनि बास बस्नु पर्ने र अनावश्यक खर्च व्यहोर्नु पर्ने बाध्यता देखिएको छ ।
बिभिन्न बाध्यताले गाडीमा कहिले सिट पास भन्दा बढि हुन सक्छन, व्यवहारिक र सामाजिक समस्याहरु छन तथापी हामी ओभरलोड गर्ने पक्षमा छैनौं तर यात्रु मान्दैनन, गाडीको करियरमा यात्रुको लगेजहरु राख्नु पर्ने हुन्छ, एकातिर सिट पास भन्ने अर्को तिर सडक अनुमति पनि नदिने, कागजात प्रहरी कार्यालयमा राखेर कागजपत्र नभएको वाफत प्रयोजन शिर्षकमा सामान्य गल्ती औंल्याउँदै बिभिन्न बाहना गरेर गाडीवालासँग रु. ५ सय देखि १५ सय घुस समेत लिने गरेको जिल्लाको पश्चिमी भाग रुपाल भागेश्वरबाट दैनिक आहोरदोहोर गर्ने एक जना गाडी साहुले गुनासो गरे ।
कहिले रसिद काटछन त कहिले सयपचास दिए मानिहाल्छन यसले वास्तविक राजश्व पनि चुहावट भईरहेको छ, जिल्लाका ठूलाबडाबाट यस्तो निर्देशनमा यातायातकर्मीलाई लुटने र जनतालाई दुःख दिने काम भईरहेको भन्ने सुनिन्छ तर कोहि पनि जनप्रतिनिधि यस्तो अन्यायका बारेमा नबोल्दा स्थानीय आक्रोसित पनि भएका छन ।


जिल्लाको पश्चिमी क्षेत्रको ग्रामीण सडकमा रुपाल भागेश्वर अजयमेरु गाउँपालिकाका देवल दिव्यपुर भद्रपुर, बैतडी जिल्लाको दक्षिणि भाग शर्माली तल्लो सोराड क्षेत्रमा दैनिक दर्जनौं यात्रुबाहक जिपहरु चल्छन ति गाडीहरुबाट जनपद प्रहरीले दैनिक हजारौं रकम असुल्ने गरेको र प्रहरी प्रशासन लगायत जनप्रतिनिधिहरुको पनि मिलोमतो रहेको आशंका उनिहरुमा छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com