Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

प्रायोजित मिडियाबाट महिला हिंसा

Posted on May 12, 2022May 12, 2022
Share this post
       

बैशाख २९, २०७९डडेल्धुरा
स्थानीय निर्वाचनमा जनताले पत्याउने आधार नदेखेपछि डडेलधुराका केहि अराजक समूहले व्यक्तिगत जीवनमा आँच आउने गतिबिधिहरु संचालन गरेर जनतालाई आकर्षित गर्न खाजेका छन ।
बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनको अघिल्लो दिन केहि पित पत्रकारितामा लिप्त पत्रकारलाई आर्थिक प्रलोभनमा पारेर प्रायोजित रुपमा कपोलकल्पित र चरित्र हत्या गर्ने गरि सम्प्रेण गरिएको समाचारलाई डडेल्धुराका जनताले सुक्ष्म रुपमा हेरेका मात्र छैनन समाचार लेख्न लगाउने अपराधि समूहका घर परिवारमा महिला छन कि छैनन भन्दै महिला अस्मिता माथीको प्रश्न चिन्ह खडा गरेका छन ।
निर्वाचनमा मतदातालाई बस्तुगत सामग्रीको बितरण पनि असफल भए पछि बिभिन्न हतकण्डाहरु प्रयोग भएर अन्ततः व्यक्तिको छवि र सार्बजनिक महत्व माथी पनि अमानविय अशोभनिय र राजनीतिक क्रुर प्रहार हुनु कुसंस्कारको नमूना भएको आम नागरिकको ठम्याई रहेको छ ।
नेपाली काँग्रेस डडेल्धुराका पूर्व सभापति कर्णबहादुर मल्लले आफ्नो नाम जोडेर चरित्र हत्या गर्न खोजेको र आम मतदाताले सम्बन्धित पक्ष निर्वाचनमा नैतिक रुपले पराजय स्वीकार गरिसकेको प्रमाण बाहेक अरु केहि पनि हुन सक्तैन सभापति मल्लको प्रतिक्रिया रहेको छ ।
सुदूरपश्चिम प्रदेशका पूर्व सांसद समेत रहेका मल्लले विज्ञप्ति प्रकाशन गरेर खण्डन गरे पनि झूटा र चरित्रहत्या गर्ने समाचार प्रकासित माध्यम र सञ्चारकर्मीलाई आवश्यक कारवाहीका लागि प्रेस काउन्सिलमा निवेदन गरिएको पनि उनले बिज्ञप्तीमा उल्लेख गरेका छन ।
निर्वाचन आचारसंहिताको समेत वेवास्ता गर्दै सामाजिक अभियन्ताको चरित्र हत्या किमार्थ क्ष्यम्य हुन सक्दैन, यो एक प्रकारको महिला हिंसा पनि हो यस्ता हर्कतबाट राजनीतिमा पनि अपराधिकरण हुने भएकोले सम्बन्धित पक्ष जिम्मेवार हुन आम नागरिक समाजको भनाई छ ।
भ्रमित समाचार प्रकाशित गर्ने राष्ट्रवाणी डटकमले समाचार किन हटायो भन्ने शंका लाग्यो यदि सत्य समाचार भए हटाउनु पर्ने कारण के हो ? किन लेखियो र किन हटाईयो छानविन र कारवाहीको विषय बन्नु पर्दछ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com