Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

देउवा जी जनताको सेवक होईन शासक बने– नेता मल्ल

Posted on May 9, 2022May 9, 2022
Share this post
       

अखण्ड सम्बाददात , बैशाख २६, २९७९ डडेल्धुरा
सुदूरपश्चिम प्रदेशको सदश्य पदबाट राजीनामा गरेका नेपाली काँग्रेसका छैटौं जिल्ला अधिबेशनबाट निर्वाचत सभापति कर्ण बहादुर मल्लले जनताको अभिमत प्राप्त जनप्रतिनिधिलाई ठाडो निर्देशनमा कारवाही गर्नु जनताको अपमान भएको बताएका छन ।
सोमबार जिल्लाको भागेश्वर गाउँपालिकाका बिभिन्न स्थानहरुमा चुनावी आमसभालाई सम्बोधन गर्दै सभापति मल्लले नेपाली काँग्रेस वी.पी. र नेकपा एमाले बिच भएको स्थानीय तह निर्वाचन समिकरणलाई डडेल्धुरा जिल्लाका सुशासन र विकास प्रेमी जनताको आवश्यकता भएको भन्दै मुलुकका बर्तमान प्रधानमन्त्रीलाई पाँचौं पटक कार्यकारी र सम्माननीय हैसियतमा पुगाउने जनतालाई सधै भरि विकासका खोक्रा आश्वासन दिएर अपमान मात्र गरेका छैन जनप्रतिनिधि जनताको सेवक हुनु पर्नेमा तानाशाह प्रबृतिका शासक बाहेक अरु काम जनताले देख्न नपाएको बताए ।
नेकपा एमाले डडेलधुराका अध्यक्ष प्रकाश बहादुर साउँद सहितको चुनावी सयुंक्त आम सभा तथा घरदैलो भेटघाट कार्यक्रममा अध्यक्ष साउँदले पनि निरंकुश पञ्चायती व्यवस्था त तिस वर्ष मात्र थियो तर देउवाजीले त ३२ वर्ष एक्लै मोज त गर्नु भयो तर काम जनताले देख्न पाएनन, प्रदेशको राजधानी डडेल्धुरा बनाउन देउवाजीको हात काँपेको समेत बताउँदै पूर्वको झापा देखि शुरु भई पश्चिमको रुपालमा टुंगिने मदन भण्डारी लोकमार्गको बजेट विनियोजनमा समेत बेईमानी भएको बताए ।
उहाँले ३२ वर्ष पहिले पनि त्यहि पश्चिम सेतिको नारा लगाए, रोजगारी सिर्जना हुने र जलश्रोतको विकास विना देशको विकास संभब छैन भन्ने देउवाजीले किन केहि काम अगाडी बढाउन सकेनन, पञ्चेश्वरको सम्झौता उहाँले नै भारतसँग गरेको होईन ? अहिले पनि त्यहि पश्चिम सेती, त्यहि पञ्चेश्वर ? कति पटक सम्म प्रधानमन्त्री हुँदा डडेल्धुराले न्याय पाउँछ ग्यारेन्टी गरिए स्थानीय निर्वाचनको उम्मेदवारी फिर्ता लिन तत्पर रहेको बताए । जनतालाई कहिले सम्म बेबकुफ बनाउने हुन मेरा मामाले भन्दै प्रश्न गर्नु भयो ।
भागेश्वर गाउँपालिकाको १ र २ नं. वडाका स्थानीय मतदाता तथा सर्बसाधारणलाई प्रष्ट्याउँदै प्रदेश राजधानीको गलत निर्णय बिरुद्धको आन्दोलन स्वरुप चुनावी तालमेल गरिएको र विकास बिरोधि तत्व र प्रबृति बिरुद्ध आगामी दिनमा पनि सहकार्य रहिरहने बताएका छन ।
आमसभामा पूर्व जिल्ला सभापति गजेन्द्र शाहीले परमादेशबाट गठन भएको बर्तमान सरकार आफू सिन्को पनि नभाँच्ने लज्जाबोध गरिरहेकोमा एकातिर एमालेले गरेको कामबाट तर्सिएको छ भने अर्कोतिर अन्याय गरेको अपराधबाट आत्तिएको अवस्थामा रहेकोले जनतालाई छर्ने भ्रमबाट सचेत रहन आग्रह पनि गरेका छन ।
यस्तै अमरगढी नगरपालिका वडा नंं. ७ पोखरामा आयोजना गरिएको संयुक्त चुनावी कार्यक्रममा प्रधानमन्त्री ज्यू ले रचेका सबै बितण्डाहरु असफल भए पछि अब जनताका मत किन्न प्रहरीको स्कटिङ गरेर पैसा डडेल्धुरा पुगाएको आफूदाई सूचना प्राप्त भएको जानकारी गराएका छन, उहाँले ३२ वर्षको एकछत्रिय राजनीति गरिरहँदा जनताको मन जित्नु पर्नेमा मत किन्नु पर्ने अवस्था किन आईलाग्यो भन्ने प्रश्न गर्दै डडेलधुरेली जनताका हजारौं प्रश्नको जवाफ यस पटक दिनै पर्ने चुनौति सभापति मल्लले दिएका छन । कार्यक्रममा अमरगढी नगरप्रमुखका उम्मेदवार हरिप्रसाद भट्टले जनतालाई सधै भ्रममा राखिराख्ने, हरेक निर्वाचनमा यो काम म गरिहाल्छु भन्ने तर कहिल्यै पनि नगर्ने, भोटको मात्र राजनीति गर्ने दिन अब गए, जनता अब लाटा छैनन, तपाईले दिएको दुखपिडा र अन्यायको हिसाब किताब जनताले गर्नेछन भन्दै कहिले चामल बाँडेर जनतालाई आकर्षित गर्ने त कहिले धनमाल ? स्थानीय जनताले जनताको सेवामा समर्पित हुने, ईमान्दार कर्मठ, जनताको सुखदुखमा साथ दिएका र दिने, सहयोग गर्ने असल र कुशल जनप्रतिनिधि खोजिरहेका छन, न्याय अन्याय पनि बुझेका छन ।
नेपाली काँग्रेस वी.पी. र नेकपा एमालेको संयुक्त चुनावी कार्यक्रममा स्थानीय तहमा जनताले रुचाएका व्यक्तिहरु स्थानीय निर्वाचनमा दुबै पार्टीले उम्मेदवार खडा गरेकोमा खुशी प्रकट गर्दै उत्साहित पनि भएको स्थानीय डम्बर बहादुर मडैले बताए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com