Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

दुई जिल्लाको सिमाना नदिमा पुल नहुँदा यात्रुलाई सास्ती

Posted on July 29, 2023July 29, 2023
Share this post
       

अखण्ड सम्बाददाता

१३ साउन २०८० डडेल्धुरा
डडेल्धुरा र बैतडीको सिमानामा पर्ने खाल देहिमाण्डौ सर्मालि पन्चेश्वर सडक खण्डमा पर्ने सुर्नया नदीमा पुल नहुँदा सो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन ।

वर्षौंदेखि गाडी चल्ने सुर्नया खोलामा मोटेरेवल पुलनहुँदा बैतडीका तिन पालिका र डडेल्धुराका २ पालिकाका स्थानीयवासी जोखिमपूर्ण रुपमा यात्रा गर्न बाध्य भएका हुन ।
सुख्खा मौसममा भन्दा वर्षायामको समयमा नदी तर्न ठूलो समस्या भइरहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन । पुल निर्माणका लागि पटकपटक आग्रह गरे पनि हालसम्म पुल निर्माण नभएको भागेश्वर गाउँपालिकाका निबर्तमान वडाध्यक्ष रामबहादुर शाहीले वताउनु भयो ।
डडेल्धुरा सदरमुकामवाट सवै भन्दा वढी गाडी यो क्षेत्रमा चल्ने गरेका छन । काम विशेषले डडेल्धुरा सम्म पुग्न यही नदीबाट वारपार गर्नुपर्ने हुन्छ । वर्षातको समयमा नदीमा पानीको सतह बढने हुन्छ र ज्यान नै जोखिममा राखेर ओहोर दोहोर गर्नुपर्ने बाध्यतामा कुनै तहका सरकारले ध्यान दिएका छैनन ।
बैतडी देखि बगेर आउँने दुई जिल्लाको सिमाना नदीमा पुल नभएकाले गाउँ देखि टाढा रहेको विद्यालय पुग्ने बालबालिका होस वा सरकारी कार्यालय पुग्ने कर्मचारीलाई समेत ठूलै सकस भइरहेको शाहीको दुखेसो छ ।
नदीमा पुल नहुँदा वर्षायामका बेला गाउँका बिरामीलाई अस्पतालसम्म लैजान असाध्यै कठिनाइ हुने गरेकोे समस्याबारे पटकपटक जनप्रतिनिधिदेखि सांसद र मन्त्रीलाई सुनाएपनि चुनाव ताका आवश्वासन बाहेक केही नपाएको स्थानीयवासीको गुनासो छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com