Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुरा लगायत सुदूरका गाउँगाउँ गौरामय

Posted on August 27, 2023August 27, 2023
Share this post
       

अखण्ड सम्बाददाता
१० भाद्र २०८० डडेल्धुरा
सुदूरपश्चिमको एकताको प्रतिक तथा सांँस्कृतिक र लोकप्रिय चाड गौरापर्व को संस्कृतिलाई जगेर्ना गर्न गाउँगाउँमा बिबिध कार्यक्रमहरु आयोजना भएका छन ।
पञ्चमी तिथिको दिन बिहानै देखि घर लिपपोत गरि साँझपख घरमा पञ्च दलहन गेडागुडी अथवा बिरुडा बिधिवत रुपमा भिजाई गौरा पर्व प्रारम्भ भएको धार्मिक साँस्कृतिक तथा सामाजिक परम्पराको निरन्तरता स्वरुप गौरा पर्वलाई अटुट राख्न र युवा पुस्तामा पुस्तान्तरण गर्न गौरा चेत्र खेल तथा डेउडाको आयोजना गरि मनाउन थालिएको हो ।
सुदूरपश्चिमका जनता र विशेष गरि महिलाहरुको जीवन शैलीसंग गांसिएको नारीहरुको महत्वपूर्ण महानचाड गौरापर्वमा भगवान शिब लाई महेश्वर र शक्तिस्वरुपा जगतजननी माता पार्वतीलाई गौराको रुपमा पूजन गरि भाद्र शुक्ल पंचमी देखि दुर्वाष्ठमी तथा बिसर्जन नहुँदा सम्म एक हप्ता भव्यताका साथ मनाईन्छ ।
बैदिककालमा हैहयबंशीका शुरबीरहरुको अत्याचारबाट भृगुबंशीका ब्राह्मणीहरुको अस्तित्व सुरक्षा गर्न देवी उमागौरीको आराधनाको प्रभाबले संकट पार गरेको भन्ने जनश्रुति अनुसार यो पर्व महिलाहरुले शुद्धखानपान , चोखो नयां लुगा लगाई अत्यन्त भक्तिभावले पंचमीका दिन बिधिवत रुपमा प्रसाद राखिएको पांच दलहनको बिरुडा धुने , पांच पवित्र घांसबाट निर्मित गौरामाताको प्रतिकलाई भक्तिभाव र उपवासका साथ नियमित पूजा गरि धुमधामका साथ मनाउछन ।
पञ्चदलहन गहत मास केराउ कलाउँ र चना मिसाएर तामाको भाँडोमा टिका दुबो लगाई गाउँघरमा सामूहिक रुपमा घरघरमा गौरा माताको प्रसादको रुपमा रहेको बिरुडा राखिन्छ भने भोली पल्ट नजिकको जलाशय पानी पधेँरोमा गएर धाई पखाली घरमा ल्याउने प्रचलन रहेको छ ।
पञ्चघाँस काँसकुश अपामार्ग वल तिल पहेंलो गुबोलाई गौरा माताको प्रतिकको रुपमा भित्र्याउदै गौरा माताको प्रसाद तथा गौरामहेश्वरको पूजाको अक्षताको रुपमा शाश्त्रिय पूजा अनुष्ठान गरि हिन्दु महिलाहरुले भव्य रुपमा मनाउने चलन रहि आएको छ ।
यस पर्वमा गरिने व्रतबाट सु–स्वास्थ्य एवं सौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने नारीहरुमा अटल विश्वास रहेको पाईन्छ भने गौरा पर्वमा वर्षभरिमा गरिने कार्य व्यस्तताबाट थकाई मार्ने अवसर र आफन्तजनको भेटघाटको पर्वको रुपमा पनि बिशेष गरि मनाईन्छ ।
यस मौलिक पर्वलाई पुर्खाको चिनोको रुपमा लिएर अमरगढी नगरपालिका वडा नंं. ५ सेलागाउँमा शनिवार हाम्रो संस्कृति, हाम्रो पर्व, मौलिक, साँस्कृतिक धरोहर, पुर्खाको चिनो “गौरा” पर्व भन्ने मूल नाराका साथ लोकपर्व “गौरा” चैतखेल लगाईएको छ भने संस्कृतिप्रेमीहरुका बिच शुभकामना आदानप्रदान गर्दै फलफूल तथा चियापान गरि भव्य रुपमा कार्यक्रम सम्पन्न गरिएको छ ।
अवस्थी परिवार समाज, एवं सिर्जनशिल टोल विकास संस्था अमरगढी नपा–५ सेलागाउँ, डडेल्धुराको आयोजनामा गरिएको गौरा खेलमा जेष्ठ नागरिक तथा चौगाउँका चैत्रखेल खेलाउने मुणि जयराज पाठक सहित अनपा ५ तल्लो जिलोडाका पाठक, मल्लो जिलोडाका ओझा, झुर्कालीका पन्त रोश्यारा लगायत आयोजक संस्था अवस्थी परिवार समाजका चैत्र खेलाडीहरुको ऐतिहासिक र उल्लेख्य सहभागिता रहेको थियो ।
यसै गरि आईतवार अनपा ५ तल्लो जिलोडामा पनि गाउँकै.आयोजनामा चौगाउँ चैत्रखेल आयोजना गरिएको थियो भने अमरगढी नगरपालिका वडा नं.१ मालममा पनि सोमवार बृहत गौरा कार्यक्रम आयोजना गरिएको छ ।
सुदूरपश्चिम लगायत कर्णाली प्रदेशका केहि क्षेत्र र भारतको उत्तराखण्डमा पनि भव्य रुपले मनाईने गौरा पर्व डडेल्धुरा जिल्लाका ग्रामीण र शहर बजार केन्द्रीत बिभिन्न स्थानमा बिबिध साँस्कृतिक कार्यक्रमहरु गरिए जस्तै अमरगढी नगरपालिका वडा नंं. ८ र ९ का गाउँहरुमा पनि देवी देवताका पौराणिक कथाहरु र बिर पुरुषहरुका गाथामा आधारित चैत खेलिएका छ ।
आध्यात्मिक र भौतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिएको सुदूरपश्चिमबासीको सांस्कृतिक सम्पदाको रुपमा रहेको यो चाडमा परम्परा देखि चलीआएका फाग ,अठवाली ,पुरुषहरुको चैत धुमारी का साथै डेउडा खेलेर धुमधामका साथ मनाईने परम्परा रहि आएको छ ।
यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्व बिशेष बिदा भाद्र ७ र ८ दिए सँगै यसै बिचमा शनिवार पनि परेका कारण गौरा पर्व ब्रत उपासना गर्ने र मनाउने टाढाटाढाका महिला पुरुष वालवालिका भक्तजनहरुलाई पनि सहज र हर्षोल्लासका साथ मनाउने अवसरले गर्दा गौरा अरु वर्ष भन्दा सु्दूरपश्चिमबासीले भव्य रुपले मनाएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com