Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुरा जिल्लाका सरकारी कार्यालयको आर्थिक वर्षको समिक्षा सम्पन्न

Posted on July 22, 2024July 22, 2024
Share this post
       

अखण्ड सम्बाददाता
७ श्रावण २०८१ डडेल्धुरा
डडेल्धुरा जिल्लाका सात वटै स्थानीय तह र संघ तथा प्रदेश कार्यालयको वार्षिक प्रगति समिक्षा गोष्ठि सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगन सिंह भण्डारीको सभापतित्व र सुदूरपश्चिम प्रदेश सभा सदश्य माननीय सरस्वती खडकाको प्रमुख आथित्यतामा जिल्ला स्थित ६ स्थानीय तह र संघ तथा प्रदेश मातहतका अधिकांश कार्यालयहरुले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०÷०८१ को विनियोजित बजेट, योजना तथा कार्यक्रमहरु सहित कार्य सम्पादन माथी छलफल गरि सम्पन्न भएको हो ।
जिल्ला समन्वय समिति डडेल्धुराको आयोजनामा कृषि ज्ञान केन्द्र डडेल्धुराको सभा हलमा सम्पन्न समिक्षा गोष्ठिमा स्थानीय पालिका र जिल्ला स्थित सरकारी बिभिन्न कार्यालयहरुले कार्यालयबाट भए गरेको खर्च, स्थानीय तहमा रहेका संभावना, पालिकाले भोग्नु परेका समस्याहरु, चुनौती र आगामी दिनमा गर्नु पर्ने कार्यहरुको बारेमा जानकारी पनि गराएका छन ।
कार्यक्रमको प्रस्तुतिमा सिमित बजेट तथा श्रोतसाधनमा जनताका असिमित आकांक्षाहरु संबोधन गर्नु कठिन विषय रहेकोले माग अनुसारको आवश्यक बजेटको व्यवस्था गर्न संघ तथा प्रदेश सरकारलाई अनुरोध सहित आन्तरिक श्रोत बढाउन र व्यवस्थित रुपले कार्यसम्पादन गर्नु पर्ने विषयमा जोड दिएका छन ।
कार्यक्रममा प्रमुख अथिति खडकाले जनताका साना साना कामहरुमा कर्मचारीको हातमा रहेको बताउँदै स्थानीय तह अधिकार र श्रोतसाधनले सम्पन्न नभए सम्म आम जनताको अपेक्षा पुरा हुन नसक्ने बताएका छन ।
पालिकाले स्थानीय सभाबाट पारित गर्ने विषय सानासाना हुने तर देखिने खालका कामहरु नहुँदा योजना तथा कार्यक्रमहरुको कार्यान्वयन जोखिमपूर्ण रहेकोले जनतामा विश्वसनिय बाताबरण बन्न नसकेको प्रति पनि चिन्ता व्यक्त गरिएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com