Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुरामा कृषक तथा नागरिकबाट अभिनन्दन

Posted on May 22, 2022May 22, 2022
Share this post
       

अखण्ड सम्बाददाता , २०७९ जेठ ८ गते आईतवार
डडेल्धुरा जिल्लामा आलु सुपर जोन कार्यालय प्रमुखलाई किसानहरुले सम्मान तथा अभिनन्दन गरेका छन ।
२०७३ देखि जिल्लामा संचालित प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनामा २०७६ देखि कार्यरत बरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख खेमराज जोशीलाई जिल्लामा कृषि क्षेत्रमा बिशिष्ट योगदान दिएको र आलु खेतीलाई प्राथमिकताका साथ काम गरेको सम्मानमा उहाँलाई सदरमुकामको बसपार्क देखि कृषि ज्ञान केन्द्र सम्म बाजागाजाका साथ ३५ किलोको माला लगाई नगर परिक्रमा गरि अभिनन्दन गरिएको हो ।
नेपाल सरकारका कर्मचारीलाई जिल्लामा पहिलो पटक किसानहरु, क्रियासिल कृषक समूहहरु, कृषि तथा उद्यमी संस्थाहरु, कृषि सरोकारवालाहरु लगायत नागरिक समाज डडेल्धुराले पनि उहाँको योगदानको कदर गरेका छन ।
आफ्नो जिम्मेवारीमा दत्तचित्त भएर काम गर्ने, सिर्जनशिल भएर काम गर्ने, सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गर्दै मनमनमा बस्न सफल जोशी सरले किसानलाई मात्र बाटो देखाएका छैनन कृषक उद्यमीलाई पनि प्रोत्साहित गरेको गन्यापधुरा गाउँपालिका वडा नं. १ का अगुवा कृषक पदम महताले बताए ।
अगुवा कृषक तथा उद्यमी प्रसाद अवस्थीका अनुसार हामी युवा कृषकलाई चिनाउने काम जोशी सरले गर्नु भएको हो उहाँले दुर्गम सुगम केहि भन्न भएन, समय अनुकुल प्रतिकुलको पनि वेवास्ता गर्दै किसानको बारीमा पुग्नु भएको छ, किसानलाई आईपरेका हरेक समस्या समाधानका लागि कार्यालयको श्रोत साधनलाई मात्र सदुपयोग गर्नु भएन आफू पनि त्यत्तिकै खटिनु भएको योगदानको हामी मूल्य त चुकाउन सक्दैनौ तर पनि कृषि पेशामा रहे सम्म सम्झिरहने छौं ।
कृषक परमानन्द भट्टले भने आज एक कर्मठ सरकारी कर्मचारीलाई यसरी अभिनन्दन गर्न पाउँदा जिल्लाका सबै किसानहरु खुशी र उत्साहित भएका छन । उहाँले जिल्लाको पहिचान गराउनु भएको छ, आधारभूत रुपमा आलु खेती गरिने डडेल्धुरालाई व्यवसायिक र प्रगतितिर डोर्याउने कामका लागि जिल्लाबासीले सम्मान गरेकामा हर्षित पनि भएका छौं ।
परियोजनाले किसानहरुलाई आलुखेतीमा आवश्यक भौतिक पूर्बाधार देखि किासनहरुका सानासाना समस्या सम्म सम्बोधन गरेका छन, दैविप्रकोप र किटनाशक रोगले ग्रस्त वालीलाई पुर्नजीवित गर्न र किसानहरुलाई हतोत्साहि बन्नबाट समेत उकासेको कृषि प्राबिधिक तथा अगुवा कृषक तिर्थ साउँदले बताए ।
कृषि उर्बर भुमि डडेल्धुराका किसानहरुलाई व्यवसायिक कृषि परामर्श सहित आलु खेतीको क्षेत्रफल बढाएर कृषकको आम्दानी बढाउन र जिल्लालाई आलुमय बनाउन जोशीको सक्रियताको उच्च मूल्यांकन गरिएको आलु सुपर जोन संचालक तथा समन्वय समितिका अध्यक्ष पदम बहादुर ऐरले बताएका छन ।
जोशीले तिन वर्ष ९ महिनाको कार्यकालमा करिब १२१ हेक्टर आलु खेतीलाई ६५० हेक्टर पुगाएका छन भने किसानहरुलाई वीउ तथा खायन आलु वीउ उपलब्धतामा सहजकिरण , शित भण्डार तथा बजारीकरण व्यवस्थापन, प्रबिधि तथा यान्त्रिक अनुदान र सहयोग लगायत कार्यसम्पादनमा पारदर्शी रहनुका साथै आलु खेतीमा समन्वय सहकार्य तथा अनुगमन कार्यक्रम प्रभाबकारी रहेको जिल्लाबासी कृषकको भनाई छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com