Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुराबाट लाइसेन्स वितरण हुने भए पछि हर्षित

Posted on August 27, 2022August 27, 2022
Share this post
       

अखण्ड सम्बाददाता
११ भाद्र २०७९ डडेल्धुरा
सवारी चालक अनुमति पत्र अब डडेल्धुराबाट वितरण हुने भएको छ ।
श्रावण १७ देखि श्रावण मसान्तसम्म लिखित परिक्षा लिईएको आबेदन अनुसार पहिलो लटमा आज सुदूरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्री त्रिलोचन भट्टले सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि सबारी साधन अनुमति पत्र प्रयोगात्मक परीक्षाको उद्घाटन गरेका छन ।
डडेल्धुरामा बिगत पाँच वर्ष देखि संचालनमा रहेको उग्रतारा ड्राईभिङ सेन्टरलाई यातायात व्यवस्था कार्यालय डडेल्धुराले प्रयोगात्मक परीक्षाका लागि ३४३ जनाको आवेदन परेको र उद्घाटन समारोहमा लिईएको १३ जना मध्ये सबै उत्तिर्ण पनि भएको कार्यालय प्रमुख मेखराज उपाध्यायले बताए ।
उद्घाटन समारोहमा पहिलो पटक मोटरसाईकल, स्कटि, जिप तथा कार समुहका आवेदकको ट्रायल गरिएको कार्यालयले जनाएको छ ।
यस्तै कार्यालय स्थापना भए पछि सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा यातायातका साधन तथा सवारी चालकहरुको अनुमति पत्र, नविकरण, सवारी दर्ता नामसारी, रुटपर्मिट, जाँचपास, प्रदुषण परिक्षण, सवारी पंजिकरण, लगायत सडक अनुशासन नियमन समेत गरिने भए पछि सडक दुर्घटनाहरु पनि न्यूनिकरण भएको बताईएको छ ।
सवारी चालक अनुमति पत्रका लागि सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाबाट आवेदन दिएका लाईसेन्स सेवाग्राही सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराबाट बितरण हुने भए पछि तराईमा हुने चाप घटनुका साथै पहाडी जिल्लाका सेवाग्राही खुशि भएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com