Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

गौरक्षाका लागि धार्मिक अभियान

Posted on June 24, 2023June 24, 2023
Share this post
       

टेकराज अवस्थी
०९ अषाढ २०८० डडेल्धुरा
नेपालको राष्ट्रिय जनाबर गाईको संरक्षण गर्न डडेल्धुरामा अखण्ड भजन किर्तन तथा धार्मिक प्रबचन कार्यक्रम गरिएको छ ।
ॐकार सनातन हिन्दु प्रतिष्ठान डडेल्धुराको आयोजनामा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नं. २ बडालमा स्थानीय जनप्रतिनिधि सहितको उपस्थितिमा गौमाता बचाउ तथा धार्मिक प्रबचन अखण्ड रात्रीकालिन संकिर्तन कार्यक्रम गरिएको हो ।
दूध दिन छाडे पछि सडकमा गाईलाई छाडने प्रबृतिलाई धार्मिक सत्संग जागरण मार्फत निरुत्साहित गर्ने उद्देश्यले गाई हिन्दुहरुको आमा भएकोले गौमाताको हत्या रोक्न तथा छाडा नगर्न अनुरोध गर्दै स्थानीय गाईबस्तुपालकलाई आध्यात्मिक ज्ञान प्रदान गर्दै अभिमुखिकरण गर्ने अभियान रहेको प्रतिष्ठानले जनाएको छ ।
राष्ट्रिय जनाबर तथा धार्मिक महत्व रहेको गाईलाई सरकारले छाडा चौपाया भनेर अपमान गरेको भन्दै गाईको आवश्यकता मानव जीवनको जन्म देखि मृत्यु सम्म बैदिक संसकृतिमा आधारित दूध दहि घिउ तथा गोबर गहुँत सहित अंग र उत्पादन औषधिय तथा शुभ गुणयुक्त रहेकोले गाईको संरक्षणमा सबैले संबेदनशिल हुन भजन र प्रवचनका माध्यमबाट अभियान थालनी भएको जनाईएको छ ।
शुक्रवार सन्ध्याकालिन समयमा लाटागन्याप देवताको मन्दिर भित्र बिधिवत पूजा गरि मन्त्रोच्चारण सहित उद्घाटन गरिएको उक्त कार्यक्रममा धार्मिक व्यक्तित्व विद्वान पंडित शास्त्री जयप्रसाद जोशीले गाईलार्ई धर्ती माता, जननी माता र गौमाताको रुपमा सर्बोदेवाह प्रतिष्ठाम भनेर पूजित हुने भएकाले पवित्र गाईलाई मानव सभ्यता र १६ संस्कारको अपरिहार्य श्रोतधनको रुपमा मानिदै आएको बताउनु भयो ।
गौमातालाई बैदिककालमा, सत्ययुग, त्रेतायुग, द्वापरयुगका बिभिन्न प्रसंग र कथाहरुमा बिशिष्ट महत्व रहे पनि कलियुगमा मानवजातीले आफू अनुकुल गाईलाई प्रयोग,दुरुपयोग र बैदिक संस्कारहरुमा स्वार्थ केन्द्रीत बिधिहरुमा चलेका कारण बिकृति आएको बताउँदै गाईको अस्तित्व मेटाउने तर्फ राज्य, सरकार र बिदेशी संयन्त्रहरु बिभिन्न चलखेलका साथ उद्दत रहेको तर्फ स्थानीयलाई खबरदारी गर्न सुझाएका छन ।
धर्म निरपेक्षताका नाममा हिन्दुहरुका, नेपालीका सबै संस्कृति र धर्महरुमा नियोजित रुपले आक्रमण भईरहेका घटनाहरु सार्बजनिक भईरहेका छन, खुलेआम गाईको हत्या भईरहेको छ गाईलाई खोलामा बगाईदैछ जसमा सरकारको मौनताले गाईको बिनाश गर्ने कुरामा प्रसय दिईरहेको स्पष्ट भईरहेकोले गाई माथी संकट मात्र आएको छैन सत्वगुणको पनि विनास भईरहेकोले नागरिक स्वयं जागरुक हुनु पर्ने धारणा पंडित जोशीले राख्नु भयो ।
आयोजक तथा प्रतिष्ठान डडेल्धुराका अध्यक्ष तिलक हमालले गाईको अवस्था ग्रामीण क्षेत्रमा संरक्षण गर्दै बचाउनु पर्नै र बजार क्षेत्रमा अलपत्र रहेका गौमातालाई संरक्षण गर्न व्यवस्थित गौशालाको व्यवस्था गर्न आम जनतासँग एक छाक गौलाई, अरुछाक मौलाई भन्ने मूल नाराका साथ अनुरोध गर्दै अभियान गन्यापधुराबाट शुरु भएको घोषणा गर्दै पवित्र उद्देश्य बोकेको यस अभियानलाई साथ र सहयोगका लागि स्थानीयसँग आग्रह पनि गरेका छन ।
देवी देवताका धामी पुजारी, गाउँपालिकाका अध्यक्ष लगायत वडाध्यक्षहरु, सन्तसमाज, सामाजिक व्यक्तित्व सहित सर्बसाधारणको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रम जिल्लाका अन्य स्थानीय सम्म बिस्तार गर्ने प्रतिष्ठानले जनाएको छ ।
सैयौं महिला पुरुष वालवालिकाको सहभागिता रहेको अखण्ड भजनकिर्तन तथा धार्मिक प्रवचन कार्यक्रममा सन्त गौरीशंकर महाराजले योग साधना कला र महिलाहरुले गाई संरक्षणमा प्रतिबद्धता झल्किने साँस्कृतिक फाग तथा भजन पनि प्रस्तुत गर्नु भएको थियो ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com