Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

किसानको समूहमा दिवस कार्यक्रम सम्पन्न

Posted on January 15, 2023January 15, 2023
Share this post
       

अखण्ड सम्बाददाता
माघ १, २०७९ डडेल्धुरा
जीवन तथा बाताबरणका लागि कृषि जैबिक बिबिधता भन्ने मूल नाराका साथ डडेल्धुरामा राष्ट्रिय कृषि जैबिक बिबिधता दिवस मनाईएको छ ।
परम्परागत कृषि प्रणालीमा आधारित कृषकहरुलाई नगदे वाली लगाई प्रत्यक्ष रुपमा आयआर्जन तर्फ आकर्षित गराउन कृषि ज्ञान केन्द्र डडेल्धुराद्वारा समुदायस्तरमै गएर दिवस मनाएको कार्यालयले जानकारी दिएको छ ।
जिल्लाको अमरगढी नगरपालिका वडा नं. ८ बकण्डे गाउँमा रहेका करिब २५ दलित परिवारलाई बिभिन्न तरकारी बीउविजन बितरण गरि उनिहरुलाई तरकारी खेतीमा व्यवसायिक बनाउन दिवस मार्फत अभिमुखिकरण पनि गरिएको कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख लेखराज निरौलाले जानकारी दिए ।
भेडेखुर्सानी, फर्सि, काँक्रा, बन्दाकाउली, काउली र टमाटरका १५÷१५ पाकेट उन्नत जातका विउवीजनहरु बकण्डे दलित कृषक समूहलाई हस्तान्तरण गरिएको समूहका अध्यक्ष स्थानीय युवा किसान भोज सार्कीको भनाई छ । उनका अनुसार अरु खेती बाँदर लगायत जंगली जनाबरले खाई दिने भए पनि तरकारी खेतीमा मेहनेत गर्न सके बचाउन र मनग्गे लाभ लिन सकिने बताएका छन ।
स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी सहितको उपस्थितिमा भएको कार्यक्रममा कृषकले पाएको विउवीजनसँगै कृषकहरुलाई व्यवसायिक तरकारी खेती सम्बन्धि तालीम, सिंचाई व्यवस्था र उपकरणका लागि पनि कृषि ज्ञान केन्द्र लगायत सरोकारवाला निकायहरुले ध्यान दिनु पर्ने माग राखेका छन ।
दिवस कार्यक्रममा स्वागत मन्तव्यसँगै कृषि ज्ञान केन्द्रका वाली संरक्षण अधिकृत खेमराज पनेरुले दिवसलाई औपचारिकतामा सिमित राख्नु भन्दा किसानको घरदैलोमा गएर वीउ दिनु र उनिहरुलाई व्यवसायिक खेतीमा प्रेरित गर्नु प्रभाबकारी हुने भएकोले खास गरि दलित समुदायलाई छनौट गरिएको बताए ।
४२ औं विश्व खाद्य दिवस अन्र्तगत “उत्पादन, पोषण र बाताबरणमा सुधारः सुखि जीवनको आधार” भन्ने ध्येयका साथ सम्पन्न भएको राष्ट्रिय कृषि जैबिक बिबिधता दिवस आफ्नै घरआँगनमा कार्यालयको टोली आएर किसानलाई गरेको सहयोगबाट सदरमुकाम नजिकै रहेको बकण्डेका दलित समुदायका अगुवा कृषकहरु खुशी भएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • सुनसरी घटनाको बिरोध डडेल्धुरामा पनि, हिन्दु माथीको आक्रमण अस्वीकार्य
  • आयुर्वेदिक उपचारमा आकर्षण, भौतिक पूर्बाधारको अभावमा सेवा प्रभावित
  • आलु खेतीमा डडेल्धुरा आत्मनिर्भर बन्दै
  • बालबालिकालाई कसरी सिपालु बनाउने ?
  • डडेल्धुरामा पहिलो पटक कफी खेती

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com