Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

कानुन भन्दा ठुला धामीझाँक्री भएपछि ब्यूँतियो छाउप्रथा, ठडिए छाउगोठ

Posted on October 29, 2022October 29, 2022
Share this post
       

शेरबहादुर सार्की
२०७९ कात्तिक १२ बाजुरा
बाजुरामा पछिल्लो समय फेरि छाउप्रथा ब्यूतिएपछि धमाधम छाउगोठ पनि निर्माण हुन थालेका छन् ।
स्थानीय जनप्रतिनिधि प्रहरी लगायतको सहकार्यमा बाजुरामा २०७६÷७८ साल माघमा झण्डै पाँच सयभन्दाबढी छाउगोठ भत्काएका थिए ।
छाउगोठ भत्काउने अभियान सेलाउँदै गएपछि धामीझाँक्रीको डरमा गाउँमा फेरि धमाधम छाउगोठ निर्माण हुन थालेको स्थानीय महिलाले बताएका छन् ।
बूढीगङ्गा नगरपालिका –१० का कविता विकले, कानुन भन्दा पनि गाउँका धामीझाँक्रीहरु ठुला भएपछि गाउँमा धमाधम गोठ निर्माण हुन थालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, केही वर्ष पहिला गाउँमा छाउगोठ भत्किाउने अभियानले घरकै कोठामा बस्ने गरेका थियौ । अहिले अभियान सुस्त बनेपछि छाउप्रथा पनि ब्यूँतिदै गयो । अनी महिनावारी भएको समय महिलाहरु पनि धमाधम छाउगोठमा बस्न बाध्य भएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा प्रहरी प्रशासन तथा स्थानीय निकायले सुरु गरेको छाउगोठ भत्काउने अभियानबाट यहाँका धेरै महिला महिनावारी भएको बेलामा घरमै बस्दै आएका थिए ।
पछिल्लो समय त्यो अभियान निकै सुस्त भएर सबै महिला छाउगोठमा बस्न थालेपछि फेरि अहिले धमाधम छाउगोठ निर्माण हुन थालेका हुन् ।
यसरी अहिले छाउगोठ निर्माण हुन थालेपछि महिनावारी भएका समयमा महिला फेरि पाँच दिन सम्म त्यो गोठमा बास बस्ने गरेका छन् ।
अभियानले घर नजिकै बस्न सहज बनाएका ती महिलालाई गाउँका धामिझाँक्रीले घरमा छुइ गरेको भन्दै रिसाउँन थालेपछि उनीहरु महिनावारी भएको समयमा पाँच दिन सम्म फेरि छाउगोठमा बस्न बाध्य भएको विकले बताउनुभयो ।
बाजुरामा फेरि यो छाउप्रथा कायम हुँदा अहिले महिलाहरुले महिनावारी भएको बेलामा हिउँदको चिसो र वर्खाको हिलोमा बस्नु पर्ने बाध्यता छ ।
यो बाध्यता बूढीगङ्गा नगरपालिका –१० की विकको मात्र होइन बाजुराका अन्य स्वामिकार्तिक, जगनाथ, बूढीनन्दा , त्रिवेणी बडिमालिका , बूढीगङ्गा, खप्तड छेडेदह गाउँपालिका महिला दिदिबहिनीहरुको व्यथा पनि उस्तै हो ।
यहाँका अधिकाशं महिला महिनावारी भएको बेला छाउगोठमा बस्दा अकालै ज्यान गुमाउँदै आएका छन् । भने कयौँ महिला दिदिबहिनीहरु निमोनिया , दम , हात खुट्टा दुख्ने , लगायत रोगको सिकार हुदै आएका छन् ।
बूढीगङ्गा नगरपालिका –१० की पुजा रावतले,महिनावारी भएको बेला चिसो ठाउँमा सुत्नाले अहिले म दमको बिरामी भएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो ,कहिले त म महिनाको दुइ पटक महिनावारी हुँन्छु , चिसोको समयमा दश दश दिनमा गोठमा सुत्नु पर्ने भएकोले मलाई चिसोको कारण दम, हात खुट्खा सुजन हुने जस्तो रोग सुरु भयो ।
गाउँमा अभियान सुरु भएको बेलामा घरको कोठामा सुत्दा केही आराम भएको थियो । फेरि गाउँमा देवता रिसायो भनेर छाउगोठमा सुत्न थाले, अनी यो रोगले पनि विस्तारै ठुलो रुप लिएको रावतले बताउनुभयो ।
प्रहरी प्रशासन स्थानीय सरकारले त महिलाहरु महिनावारी भएको बेलामा छाउगोठमा सुत्नु हुँदैन भन्ने गर्छन् । तर गाउँमा धामीझाँक्रीका कारण अहिले फेरि छाउँगोठ निर्माण हुँदैछन् । कानुन भन्दा धामीझाँक्री नै ठुला भएपछि अहिले उनीहरुकै रोहवरमा छाउगोठमा बस्नु बाध्य भएको बताउनुभयो ।
स्थानीय सरकारले छाउप्रथाको अन्त्य गर्नका लागि बाजुरामा विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएपनि धाँमीझाँक्रीका कारण अहिले सम्म प्रथा भने कायममै छ ।
त्यो प्रथाका कारण अहिले सम्म यहाँका कयौँ महिला महिनावारी भएको बेलामा छाउगोठमा बस्न बाध्य भएका छन् ।
गाउँमा दुइ वर्ष पहिला अभियान कर्ताले भत्किाएका ती छाउगोठ अहिले फेरि गाउँमा धमाधम सुरु हुन थालेका छन् ।
छाउप्रथा कुप्रथा हो, यो प्रथाको अत्य हुनु पर्छ, भन्दै विभिन्न सरकारी गैर सरकारी संस्थाहरु अभियानमा लागे तर पनि गाउँका वयोवृद्ध धामीझाँक्रीहरुका कारण यो प्रथाको अन्त्य हुन सकेन ।
देवता रिसायो भन्दै महिलालाई छामीझाँक्रीले दबाद दिदै गरेकोले यो प्रथा अहिले सम्म रहेको सामाजिक अभियन्ताहरु मनिसा रावतल बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ,महिलाहरुको केही दोष छैन् । उहाँहरु महिनावारी भएको बेलामा पनि घरमा नै बस्न हुुन्छु । गाउँमा धामिझाँक्रीले रिसाउँन थालेपछि उनीहरु त्यो डरका कारण मात्र महिनावारी भएको बेलामा बाहिर बस्न थालेको बताउनभयो ।
जिल्लाको बूढीगङ्गा नगरपालिकाका कुँडी, डुँग्री, अम्कोट , बह्रमतोला, नडाग, खेतकोट, बजेडी, मुस्तोला,बसाली ताँप्रा, निमोनी, बोरावाडा, नुवाँघर , कोटवाडा, देनसायल, थुमा, बानेगाउँ सायल, झाली, खारेखेत,सिमलकोट, बायल, देउलीसैन, सेरालवाडा,बासुरेर किम्नी ,डुग्रीतोला, नुवाकोट, सिगाडा, झण्डारगाउँ, देउमाण्डौ, बदेडा तीमाडा, सेलापाखा र जुवापानी लगायतका गाउँमा अन्य ठाउँको भन्दाबढी छाउप्रथा कायमै रहेको छ ।
यो गाउँका अधिकाशं महिला पहिला देखि अहिले सम्म छाउँगोठमा नै बस्दै आएका छन् । उहाँहरुलाई छाउप्रथा गलत हो भन्ने कुराको राम्रो जानकारी पनि छ । तर उहाँहरु पनि धामीझाँक्रीकै डरका कारण छाउगोठमा बस्न बाध्य छन् ।
यो गाउँका कतिपय महिला छाउँगोठमा नै बालात्कृत समेत भए , तर पनि देउताको डरका कारण उनीहरु मनमा त्रास बोकेर भएपनि फेरि छाउगोठमा सुत्न बाध्य हुँदै आएका छन् ।
यहाँका महिलाहरुले महिनावारी भएका बेलामा दुध, दही ,महि जस्ता पोषिला खानेकुरा पनि खान पाउँदैनन् ।
महिनावारी भएको बेलामा दुध,दही, महि ,दियो भने भैँसी समेत नब्याउने हुने धामीझाँक्री बताउनुँछन् ।
यही कुसंस्कारका कारण यहाँका महिलाहरु अहिले पनि छाउगोठमा सुत्न बाध्य भएका छन् । यो प्रथा गलत हो भनेपनि यहाँका पढेलेखेकै महिला र धामीझाँक्रीले यो प्रथा अँगाल्दै आएपछि न्यूकरणमा तगारो बनेको हो ।
२०७६ पुस २४ गते बाजुराको बूढीनन्दा नगरपालिकाका –९ को पाण्डुसैनको अगाउँपानीमा रहेको छाउगोठमा सुतेका बेला आगोले निसासिएर आमा र दुइ छोरा सहित तीन जनाको ज्यान गएको थियो ।

यो घटना भएसँगै गृह मन्त्रालयले बाजुराका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पठाएसँगै बाजुरामा छाउगोठ भत्काउने अभियान सुरु गरेको थियो ।

त्यो अभियान सुरु भएपछि बाजुराका अधिकाशं महिला महिनावारी भएका बेला आआफ्नै घरको कोठामा सुत्ने गरेका थिए ।

अहिले त्यो अभियान सेलाउँदै आएपछि महिनावारी भएको बेला महिलाहरु फेरि छाउगोठमा बस्न बाध्य भए ।

जिल्ला प्रशासान कार्यालय बाजुराको निर्देशनमा प्रहरी ,जनप्रतीनीधि र स्थानीयले छाउगोठ तथ्याङ्क सङ्कलन सुरु गर्यो ।

२०७५/७६ सालमा १६८ र २०७६/०७७ मा ३४३ गरी बाजुराका नौ वटै स्थानीय तहमा झण्डै ५११ वटा छाउँगोठ भेटिएका थिए ।

छाउगोठ निर्माण भएका ठाउँमा पुगेर छाउप्रथा सम्बन्धित विभिन्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सुर्यबहादुर थापाले बताउनुभयो ।
जिल्ला प्रशासनको आग्रहमा गाउँमा भेटिएका ती छाउगोठलाई जनप्रतिनिधि र स्थानीयको समन्वयमा त्यतिबेला सबै भत्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com