Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

आगामी निर्वाचन लक्षित क्याण्डिडेट क्लब खुल्ला

Posted on August 18, 2026August 18, 2026
Share this post
       

अखण्ड सम्बाददाता
२ भाद्र २०८३ डडेल्धुरा
स्थानीय सरकारलाई बलियो, योग्य तथा सक्षम व्यक्तित्व र नेतृत्व, पारदर्शी र जवाफदेहि सक्षम जनप्रतिनिधिको सरकार निर्माणका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले भाद्र १ गते देखि उम्मेदवार क्लब खुला गरेको छ ।
संघिय लोकतान्त्रिक संबिधान जारी पश्चात दोश्रो कार्यकाल पुरा गरि तेसे स्थानीय निर्वाचन २०८४ का लागि हुन गईरहेको स्थानीय निर्वाचनका लागि पहिलो चरणमा देशका ४६० गाउँपालिकाका ४६० अध्यक्ष, ४६० उपाध्यक्ष, ३६८५ वडा अध्यक्ष र १४ हजार ७४० वडा सदश्यका लागि आफ्नो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ताका लागि छनौटको आधुनिक र वैज्ञानिक प्रणाली स्वरुप क्याण्डिडेट क्लब मार्फत आवेदन आह्वान गरिएको पार्टीका केन्द्रीय सभापति तथा प्रतिनिधि सभा सदश्य रवि लामिछानेले जानकारी गराउनु भएको हो ।
नेपालमा पहिलो पटक अभ्यास गरिएको क्षमतामा आधारित राजनीति तथा समाज सेवालाई विश्वसनिय, परिणाममुखि र जनमुखि बनाउन थालिएको यो प्रणाली र पद्धतीले आम जनतालाई प्रदान गरिने सेवा प्रवाह प्रभावकारी हुने विश्वास गरिएको छ ।
परम्परागत छनौट बिधि र बिकृतिलाई क्रमभंग गर्दै राजनीति पेशा होईन समर्पण हो भन्ने मूल्य र मान्यतालाई स्थापित गर्ने उद्देश्यले स्थानीय सरकार चलाउन न्यूनतम नीतिगत ज्ञान र नैतिकताको परिक्षण गर्न नयाँ नेतृत्वका लागि जिम्मेवारी र योग्यताको कसीमा मापन गरि नागरिकको भविष्य र आकांक्षालाई सम्बोधन गर्ने प्रयास स्वरुप क्याण्डिडेट क्लबको अबधारणा लागु भएको रास्वपा जिल्ला सभापति ईन्जिनियर सुरेन्द्र अवस्थीले बताएका छन ।
प्रजातन्त्रको पुर्न बहाली होस वा गणतन्त्रको स्थापना, २०४६ पछिका सबै परिवर्तन पश्चात नेपालमा तिन पटक स्थानीय निर्वाचन सम्पन्न भए तर विडम्बना राजनीतिका नाममा नाताबाद, व्यत्तिगत पहुँच, चाकडी चाप्लुषि, धनपैसाको बोलवाला, गुण्डागर्दीको धाकधम्की र प्रलोभनमा परि योग्यता, क्षमता र सामाजिक हैसियतको परिक्षण नभई निर्वाचनका बेला टिकट दिन नेतृत्व विवेकहिन हुँदा कार्यसम्पादनमा चुनौति र परिणाम शुन्यप्राय हुने गरेकोले रास्वपाले आवेदन दिने देखि क्षमता योग्यताको परिक्षण, प्राप्त अंकभारका आधारमा प्रारम्भिक निर्वाचन जस्ता प्रबिधियुक्त नविनतम प्रणालीको अभ्यास गर्न लागेको हो ।
के छ त क्याण्डिडेट क्लबका मूलभूत सिद्धान्त र प्रयोग ः
पार्टीले मूलतः ५ आधारभूत सिद्धान्त र मापदण्ड विकास गरेको छ जसमा योग्य र क्षमता भएका, उच्च नैतिकताको सामाजिक प्रतिष्ठा रहेका, पारदर्शी कार्यसम्पादन गरेका, वित्तिय तथा फैजदारी अपराधमा संलग्न नभएका स्वच्छ चरित्र र सामाजिक विश्वसनियता कायम भएका ईच्छुक उम्मेदवारले आधिकारिक माध्यमद्वारा नियमानुसारको तपसिल बमोजिम मापदण्ड र आचार संहिताका परिपालना हुने प्रतिबद्धता सहितको आवेदन पेश गर्न सक्नेछन ।
१.राजनीतिको नयाँ विकल्पः सर्वप्रथम– क्याण्डिडेट क्लबमा आवेदन दिनु पर्ने, क्याण्डिडेट क्लबको प्रशिक्षणमा सहभागि र उत्तिर्ण, उम्मेदवारको बस्तुगत मूल्यांकनको आधार र प्रारम्भिक मतदानमा उत्तिर्ण भएको हुनु पर्ने ।
२. क्लब र आवेदनको प्रकृयाः व्यक्तिगत पृष्ठभूमि, योग्यता र अनुभवको गहिरो जाँच अर्थात उम्मेदवारले कुनै पनि अमर्यादित आचरणको व्यवहार नगरेको र डिजिटल वा आर्थिक अनियमिततामा संलग्न नभएको स्वघोषणा ।
३. एकेडेमी र प्रशिक्षणः सफल नेतृत्वका लागि स्थानीय शासन,कानून, वित्तिय साक्षरता, काल्पनिक बौद्धिकता (AI) को नैतिक प्रयोग, सञ्चारकला, पञ्जिकरण ज्ञान, विकास योजना तथा निर्माणको ज्ञान, न्यायिक समिति र कार्यको आधारभूत ज्ञान, फ्रन्टलाईन प्रशासनको ज्ञान लगायत निर्वाचित जनप्रतिनिधिका लागि आवश्यक ज्ञानको कसीमा मापन गर्न उम्मेदवारको ज्ञान क्षमता जाँचिने,
४. वैज्ञानिक मूल्यांकनः गणितिय सुत्र अर्थात एकेडेमीबाट प्राप्त २५ प्रतिशत, समावेशिता १० प्रतिशत, राजनीतिक सामिप्यता ४० प्रतिशत र प्रारम्भिक निर्वाचनमा १० प्रतिशत गरि जममा १ण्ण् पूर्णाङ्कको आधार ।
५. विश्वव्यापी अभ्यास र सफल उदाहरण्को कार्यान्वयनः अन्र्तराष्ट्रिय लोकतन्त्रसँग दाँजेर सन्तुलित संयोजनको सिद्धान्तका आधारमा स्थानीइ लोकतन्त्र र सरकार सञ्चालन प्रकृयालाई चुस्त दुरुस्त जनता प्रति उत्तरदायी एवं सरकार प्रति सकारात्मक तथा सहयोगी धारणाको विकास गर्न क्याण्डिडेट क्लबमा आवेदन दिए पश्चात पार्टीले सो विषयमा अध्ययन र सूचिकृत गरि छनौटको प्रकृया अगाडी बढाउने पार्टी श्रोतले जनाएको छ ।
उपरोक्त कार्यका लागि डडेल्धुरामा पनि ५ गाउँपालिकाका ५ अध्यक्ष, ५ उपाध्यक्ष, २९ जना वडा अध्यक्ष र ११६ जना वडा सदश्यका लागि आवेदन खुल्ला गरिएको पार्टी सचिव टंक प्रसाद अवस्थीले जनाएका छन ।
राष्ट्रिय स्वतन्त्र पार्टीले शुरु गरेको नौलो तथा नेपालको राजनीतिमा अपूर्व अबधारणा क्याण्डिडेट क्लबमा आवेदन आह्वान गरिहँदा परम्परागत अन्य राजनीतिक दलका लागि पनि सिकाईको विषय मात्र भएको छैन चुनावताका पहुँच र पैसाको चलखेल हुने टिकट बाँडने अखाडा प्रबृतिलाई ध्वस्त पारिदिएको छ ।
क्याण्डिडेट क्लबको अबधारणा र सफल प्रयोगले समाजमा निष्कलंक भई काम गरेका ईमान्दार र जनप्रिय समाजसेवीले राजनीति र सरकार मार्फत जनताको साँचो सेवा गर्ने अवसर प्राप्त गर्ने छन भने समाजमा ख्यातीप्राप्त व्यक्तित्वले सिधा बाटोबाट परिक्षका बिधिमा सहभागि हुन पाउँने मेरिटोक्रेसी योग्यतातन्त्रका आधारमा निजको जनस्तरमा पनि सहि अर्थमा सम्मान र मूल्यांकन (ल्याटरल ईन्ट्रि) भएको ठहर पनि हुनेछ ।
आगामी स्थानीय निर्वाचनका लागि आफ्ना उम्मेदवारलाई प्रतिस्पर्धि, जिम्मेवार र निर्वाचित जनप्रतिनिधिबाट नतिजामुखि बनाउन पनि यस्ता विभिन्न सकारात्मक सोच प्रणालीलाई अबलम्बन गर्नु पर्ने अपरिहार्य विषय पनि बनेको जानकारहरु बताउँछन ।
उपरोक्त व्यवस्थित अबधारणामा सहभागि हुन चाहने ईच्छुक उम्मेदवारले पार्टीको जिल्ला प्रदेश र केन्द्रीय निकायका बिभिन्न माध्यमबाट आफूले राजेको पदका लागि आवेदन दिन सक्ने सूचना विभिन्न माध्यमबाट प्रकासित र प्रसारित भईसकेकोले लाभान्वित हुन जिल्ला शाखाले सूचना तथा अनुरोध पनि गरेको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • आगामी निर्वाचन लक्षित क्याण्डिडेट क्लब खुल्ला
  • सुनसरी घटनाको बिरोध डडेल्धुरामा पनि, हिन्दु माथीको आक्रमण अस्वीकार्य
  • आयुर्वेदिक उपचारमा आकर्षण, भौतिक पूर्बाधारको अभावमा सेवा प्रभावित
  • आलु खेतीमा डडेल्धुरा आत्मनिर्भर बन्दै
  • बालबालिकालाई कसरी सिपालु बनाउने ?

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com