Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

सुनसरी घटनाको बिरोध डडेल्धुरामा पनि, हिन्दु माथीको आक्रमण अस्वीकार्य

Posted on July 28, 2026July 28, 2026
Share this post
       

अखण्ड सम्बाददाता
१२ श्रावण २०८३ डडेल्धुरा
हिन्दु धर्म माथीको आक्रमणका बिरुद्ध विश्व हिन्दु परिषद् डडेल्धुराले नेपाल सरकारलाई ध्यानाकर्षण गराएको छ ।
पवित्र साउने सोमवारको पावन अवसरमा सुनसरी जिल्लाको देवानगञ्ज ३ कप्तानगन्जमा बोलवम यात्राको पूर्व सन्ध्यामा मन्दिर परिसरमा भजनकीर्तन तयारी गरिरहेका निर्दोष हिन्दु धर्माबलम्बीहरु माथी सुनियोजित रुपमा गरिएको आक्रमण र सुरक्षाकर्मीबाट भएको अमानविय बल प्रयोगबाट सिर्जित घटना प्रति स्तब्धता व्यक्त गर्दै घटनाको निष्पक्ष छानविन र दोषिलाई कारवाहीको माग सहित जिल्ला प्रशासन कार्यालय डडेल्धुरा मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण गराएको हो ।
हिन्दु धर्माबलम्बीको आस्थाको केन्द्र मन्दिरमा भजन बजिरहेको अवस्थामा गैर हिन्द ु(मुस्लिम) समूहबाट अभद्र असहिष्णु र धार्मिक सदभाव भड्काउने कार्यको निन्दा गर्दै भए गरेको अत्यन्तै दुखद क्रुर एवं पाशविक घटनाले समग्र नेपाली समाज लज्जित भएको ठहर गरि उच्च स्तरिय निष्पक्ष छानविन, दोषि सुरक्षाकर्मी र आक्रमणकारीलाई कारवाही, मृतकलाई शहिद घोषणा तथा राहत, सुरक्षा व्यवस्थापनमा सुधार र जवाफदेहिता र भ्रामक दुष्प्रचारमा रोक लगायतका पाँच बुँदे माग राखी प्रमुख जिल्ला अधिकारी अमर बहादुर ओली मार्फत सम्माननीय प्रधानमन्धी बालेन्द्र शाह र गृह मन्त्रालयमा ध्यानकर्षणपत्र बुझाएको हो ।
विश्व हिन्दु परिषद् डडेल्धुराका अध्यक्ष वाशुदेव जोशीद्वारा जारी भएको ध्यानाकर्षणपत्रमा हिन्दु समाज सदैव संयम एकताबद्ध र कानूनी मर्यादामा विश्वास राख्ने र आस्थावान नेपालीको प्रतिनिधित्व गर्ने संस्थाको रुपमा रहेकोले संयमता र सहिष्णुततलाई कमजोरीको रुपमा लिई राज्यबाट दमन र उपेक्षा गर्ने कार्य भए स्वीकार्य नहुने चेतावनी सहित परिषद्ले भिमदत्त चोक बागबजार डडेल्धुरामा कोण सभा समेत सम्पन्न गरेको छ ।
हिन्दु माथी भएको नियोजित आक्रमणकारीलाई कडा कानूनी कारवाहीका लागि सरकारले तथ्यपरक छानविन गरि जिम्मेवारीपूर्वक जनताको जीउधन रक्षा, जनताको भावना तथा आस्थाको गर्न आग्रह गर्दै यस्ता प्रबृतिलाई निरुत्साहित गर्न राज्य निर्मम हुनु पर्ने कोण सभाका वक्ता तथा हिन्दु धर्म रक्षाका अभियन्ता टेकराज पनेरुले बताए ।
विश्व हिन्दु परिषद् डडेल्धुराका पदाधिकारी तथा डडेल्धुरामा रहेका विभिन्न धार्मिक संस्थाका पदाधिकारी सदश्य तथा आस्थावान हिन्दु सर्बसाधारणको उपस्थितिमा भएको कोण सभामा हिन्दु धर्म तथा संस्कृतिको रक्षार्थ आम जनसमुदाय पनि जिम्मेवार र संबेदशिल रहनु पर्ने भन्दै सनातन धर्म माथी हुने आक्रमणको प्रतिकारमा उत्रिनु पर्ने परिषदका अध्यक्ष जोशीले बताए ।

 

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • सुनसरी घटनाको बिरोध डडेल्धुरामा पनि, हिन्दु माथीको आक्रमण अस्वीकार्य
  • आयुर्वेदिक उपचारमा आकर्षण, भौतिक पूर्बाधारको अभावमा सेवा प्रभावित
  • आलु खेतीमा डडेल्धुरा आत्मनिर्भर बन्दै
  • बालबालिकालाई कसरी सिपालु बनाउने ?
  • डडेल्धुरामा पहिलो पटक कफी खेती

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com