Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुराकै पहिलो ऐतिहासिक संग्रालय बन्दै

Posted on June 22, 2026June 22, 2026
Share this post
       

अखण्ड सम्बाददाता
८ अषाढ २०८३ डडेल्धुरा
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा पहिलो पटक संग्रालय स्थापना हुँदैछ ।
गन्यापधुरा गाउँपालिका वडा नं. १ रुवाखोलामा असिग्राम सामुदायिक सिकाई केन्द्र (सिएलसी) को आयोजनामा स्थानीय जनजीवन परिवेशको महत्व उजागर गर्न तथा जस्वनशैलकिा विशेषता र ईतिहास झल्किने गरि श्री असिग्राम माध्यमिक विद्यालय रुवाखोला परिसरमा डडेल्धुराकै पहिलो र ऐतिहासिक रुपमा संग्रालय स्थापना हुन थालेको हो ।
विक्रम संम्बत २००३ सालमा स्थापित विद्यालयको पुरानो भवनलाई मर्मतसंभार तथा संरक्षण गरि वडा नं. १ भित्र रहेका स्थानीय नागरिक, समुदाय र बस्तीमा चलन भोग र उपभोगमा रहेका प्राचिन एवं परम्परागत बस्तु तर दिनप्रतिदिन लोप हुँदै गईरहेका चिनोबस्तुलाई भावी पुस्तामा हस्तान्तरण गर्न संग्राहलय स्थापना हुन गईरहेको असिग्राम सामुदायिक सिकाई केन्द्रका अध्यक्ष शंकर बहादुर विकले जानकारी दिएका छन ।
धार्मिक, साँस्कृतिक, पर्यटकिय, राजनीतिक रुपले पनि महत्वपूर्ण स्थान रहेको यो संग्राहलयलाई तिन बिधामा बर्गिकरण गरि अवलोकनका लागि राखिने भएको छ ।
रुवाखोला ऐतिहासिक संग्राहलयको नाम दिईएको यस संग्राहलयमा पहिलो कृषि तथा पशुपालन तर्फ पानी घट्ट, जाँतो, हलो ज्वा, मैज्वा, छालाको हलमुडो, लेसडी, खुर्पेटो, जेउडो दाफलो र घोडी, जाबो, ओखल मुसल र ढिक्की, तेल पेल्ने कोल्हु, डलैचा, दामलडो, मुनो, सुप्पो चाल्लो, डोको, बल्ल(गोरु) का माना, डाला छापरा, कोरङो, भकारी, कोठी, घोडाको सिडलगाम, स्याउला जाल, मरेला, गड्डी भैंसि सहित पशुधनलाई लगाउने घाँणा, खलाँत आदी उपलब्ध बिबिध साधन र श्रोत परिचान गराउने बस्तुहरु संकलन भईरहेको छ ।
दोश्रोमा दैनिक उपभोग्य साधन तथा श्रोत र चिजबस्तु हरु जस्तैः–हुक्का चिलिम, सुल्पा, झुलो ठिन्का, दारी काटने छुरा,गाबु, पारा ठेकी, मनानी, नेथी, फिना र फिना बुन्ने राँज, चर्खा, तापदानी, डोली, जँँती चिम्टा, काठको पाल्लो, भाँडा निकाल्ने हत्वा, चुलेसी, मटका घैंटो, चाणि, सेर ढक, ढक तखडी (तराजु), तुला, काठको सिलट, निंगालोको कलम, दुधेखरी, टुकी, लालटिन, गैस, वर्षौ, टोटगो, गोदो, सोलुङ्खो आदी रहेका छन ।
तेस्रोमा जनजीवनका मख्य आधार, पहिचान र भेषभूषा, सम्मानका सामग्रीहरु तथा पहिरन र गरगहनाका बस्तु रहेका छन । जसमा दैरासुरवाल, भोटो कोट, स्कट, जाँङया कट्टु, सिलाएको गन्जी, बच्चाको भोटो, सुट, सन्तराज, गाउन, चोलो, सिलाएको सादा टोपी, झाल्लर टोपी, चेली झगुलो, रुमाल, धोती, खराउँ, रातागेडी माला, चाप्की माला, हबेली सुता, कल्ली, मन्नी, कोथला, ऐंटा, सुयारी, सुरकने थैली, ढाल तरबार, हुडकेली सजावट, जुवा खेल्ने पासा, स्थानीय बाजा, ढुंग्री, रैया, बाला, ढेसी, बिनाया र बाँसुरी लगायत बिबिध ऐतिहासिक बस्तुको संकलन र संग्रह गर्ने कार्य भईरहेको संकलन अभियानका संयोजक, सिएलसिका कोषाध्यक्ष तथा निवर्तमान वडा अध्यक्ष चेतराम भट्टले जाकनरी दिएका छन ।
प्रारम्भिक चरणमा १०९ थरी चिजबस्तुको संकलन तथ्यांक तयार गरिएको छ भने भविष्यमा संग्राहलयमा आवश्यक र सम्बनिधत अन्य बिबिध बस्तुको अध्ययन अनुसन्धान तथा संग्रह गरि संग्राहलयलाई अझै व्यवस्थित र नमूना बनाउँदै लैजाने योजना रहेको अध्यक्ष विकले बताए ।
गन्यापधुरा आफैमा पर्यटकिय विविधताको क्षेत्र हो, महाभारत पर्वत श्रृंखलाको २६६५ मिटर अग्लो भूभाग गन्याप ताललेक देखि मिनि उपत्यका सकायलसम्म विधिन्न क्षेत्रमा रहेको अलौकिक शिखर गन्याप देवताको मन्दिर देखि बिभिन्न धार्मिक धरोहरहरु, गन्यापधुराको प्रसिद्ध बडालजाँत, यहाँको प्राकृतिक सम्पदा र राजनैतिक रुपले पनि राष्ट्रिय अन्र्तराष्ट्रिय रुपले परिचित भएकोले यस क्षेत्रमा ऐतिहासिक संग्राहलय बनाउन उपयुक्त देखिएको विकको भनाई थियो ।
संग्राहलाई संग्राहलयमा सिमित नराखी यस संरचनालाई ताललेक सम्मको गन्तव्य र पर्यटक होम स्टे बनाउने गरि काम भईरहेको छ, यस क्षेत्रमा नेपालकै प्रसिद्ध गड्डी भैंसि छन, गड्डी भैंसिको दुधबाट शुद्ध र स्वच्छ खुवा यहाँ पाईन्छ, जसका लागि जर्मना गाउँको नाम सबैले सुकेका छन, यहाँँ रुवाखोलामा अर्गानिक र स्वादिष्ट मार्सी जुम्ली र बास्मती धानको चामल पाईन्छ तर धेरै विशेषताले भरिपूर्ण हुँदाहुँदै पनि प्रचारप्रसार र महत्व उजागर नहुँदा यो क्षेत्र ओझेलमा परेको स्थानीयले महशुष गरेको संकलन अभियानका सदश्य तथा जनप्रतिनिधि भागरथी देवी जोशीले बताए ।
यो संग्राहलयको कार्यक्षेत्र रुवाखोला भनिए पनि यससँग व्यक्तित्व पनि नजोडिरहन सक्तैन, मुलुकको पाँच पटक प्रधानमन्त्री र सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टीको दुईपटक सभापति भएको व्यक्तित्व पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको जन्म थलो र उहाँले विद्यालय शिक्षा लिएको पाठशाला तथा मतदान केनद्र समेत पनि रहेको असिग्राम माध्यमिक विद्यालयको गरिमा पनि बृद्धि हुने भएकोले संग्राहलका बस्तु र यहाँको जीवनपद्धतीलाई अध्ययन अनुसन्धानको विषय पनि बन्न सक्ने भएकाले यसको सकारात्मक सन्देश सँगै पर्यटकका लागि दुई पृथक गन्तव्य बन्न सक्ने संभावना पनि रहेको छ ।
ऐतिहासिक रुवाखोला संग्राहलयलाई ताललेक समम जाने पदमार्ग बनाउने सोचमा हामी छौं, जर्मनागाउँ भन्दा माथी सडक पहुँच भईसकेको छ, त्यहाँबाट तालको लेकमा पुग्न बढिमा आरामसँग जाने हो भने दुई घण्टा जति लाग्ला, यो पदमार्ग बिचमा रहेका भव्य संरचनाका प्राचिन घरहरलाई भाडामा लिएर पर्यटकबाट व्यवस्थापन वाफत न्यूनतम शुल्क लिने गरि होमस्टे सञ्चालनको पनि तयारी भइरहेको अभियानका सदश्य शेर बहादुर रावतले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटनको अत्यन्त संभावना बोकेको यस क्षेमा पुग्ने हरेक नागरिकलाई मनोरम आनन्द दिने गर्दछ, रुवाखोलाबाट देउरानी जेठानी हिमाल र शिखर गन्यापताल क्षेत्रबाट अपिसाईपाल देखि भारतको उत्तराखण्डका केहि र कर्णाली प्रदेशका हिमश्रृंखला सम्म अवलोकन गर्न स्किन्छ भने देशका बिरलै क्षेत्रमा देखिने दक्षिणबाट उत्तर बग्ने नदी पनि रुवाखोला भएकोले यसलाई यहाँको जनजीवनमा विशेष महत्वका साथ पनि लिने गर्दछन ।
अतः स्थानीय नागरिकको पहल तथा समुदायको सक्रिय सहयोगमा संचालन भईरहेको ऐतिहासिक रुवाखोला संग्राहलयको पूर्णता, दिगोपना,र एतिहासलाई जीवन्त राख्न यसको पूर्बाधार निर्माण, परिचालनका लागि आर्थिक व्यवस्था र समस्यालाई सम्बोधन गर्न राज्यका तिनै तहका सरकार र सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • सुनसरी घटनाको बिरोध डडेल्धुरामा पनि, हिन्दु माथीको आक्रमण अस्वीकार्य
  • आयुर्वेदिक उपचारमा आकर्षण, भौतिक पूर्बाधारको अभावमा सेवा प्रभावित
  • आलु खेतीमा डडेल्धुरा आत्मनिर्भर बन्दै
  • बालबालिकालाई कसरी सिपालु बनाउने ?
  • डडेल्धुरामा पहिलो पटक कफी खेती

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com