Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

डडेल्धुरामा निर्वाचनको तयारी पुरा

Posted on March 4, 2026March 4, 2026
Share this post
       

२० फागुन २०८२
अखण्ड सम्बाददाता डडेल्धुरा
फागुन २१ अर्थात भोली हुन गईरहेको प्रतिनिधि सभा सदश्य निर्वाचनको तयारी डडेल्धुरामा पनि पुरा भएको छ ।
एक मात्रै प्रतिनिधि सभा सदश्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ७ स्थानीय तहका १३२ सामुदायिक विद्यालय, २ वडा कार्यालय, ६ स्वास्थ्य संस्था, एक टुंडिखेल खुल्ला चौर कभर्ड हल सहित स्थायी १४१ र अस्थायी मतदान केन्द्र कारागार कार्यालय गरि जम्मा १०४ मतदान स्थल तथा १४२ मतदान केन्द्रमा आवश्यक तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश अरुण कुमार कोईरालाले जानकारी दिनु भयो ।

https://www.akhandkhabr.com/wp-content/uploads/2026/03/Judge-CDO.mp4

यस्तै जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन अधिकृत सहित निर्वाचन सामग्री पनि पुगि काम शुरु भईसकेको र निर्वाचनलाई भय रहित एवं विश्वासिलो बनाई शान्तिपूर्ण निर्वाचन सम्पन्नका लागि सुरक्षा संयन्त्र परिचालन तथा आन्तरिक र बाह्य सुरक्षा प्रणालीलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन मुख्य निर्वाचन अधिकृतको सहभागितामा सरोकारवाला निकाय, सुरक्षा अधिकारी सहित अनुगमन तथा बैठकलाई तिब्रता दिदै योजनाबद्ध रुपमा काम अगाडी बढिरहेको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोईरालाले जानकारी दिनु भयो ।
उहाँले डडेल्धुरामा निर्वाचन आचार संहिता उल्लंघनको लिखित उजुरी नआएको समेत बताउनु भयो ।
भोली हुने निर्वाचन तथा मतदानका लागि डडेल्धुरा जिल्लामा ४६९५७ पुरुष र ४६४४६ महिला गरि कुल जम्मा ९३४०३ मतदाता रहेका छन । यस अघि २०७९ को प्रतिनिधि सभा सदश्य निर्वाचनमा डडेल्धुरामा ९२२०१ रहेका थिए ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com