Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

निर्देशकको पहलमा वन नर्सरी स्थापना

Posted on July 13, 2023July 13, 2023
Share this post
       

टेकराज अवस्थी
२८अषाढ २०८० डडेल्धुरा
डडेल्धुरा जिल्लामा सुदूरपश्चिमको माग आपूर्ति गर्न बृहत वन नर्सरी स्थापना भएको छ ।
जिल्लाको अजयमेरु गाउँपालिका वडा नंं ३ सिरोली गाउँमा बहुमूल्य जडीबुटिजन्य, पशुपालनका लागि बिभिन्न डालेघाँस, फलफूल देखि बाताबरणिय संरक्षणका बोटबिरुवाहरु निजीस्तरको फर्मद्वारा उत्पादन शुरु गरिएको हो ।
भद्रपुर एकिकृत कृषि तथा पशुपंक्षी फार्मबाट अहिले तिमुर, बोधिचित्त, रक्तचन्दन, श्रीखण्ड, तेजपात, ओखर, कागती, बाँस तथा बिभिन्न डालेघाँसहरु लगायतका २५ प्रजातीका बोटबिरुवाहरु गएको फागुनमा शुरु गरिएको फार्मबाट बिरुवा उत्पादन गरि करिब १५ लाख बराबरको आम्दानी लिन पनि सफल भएको फार्मका सल्लाहकार एवं सुदूरपश्चिम क्षेत्रीय वन निर्देशक कृष्णदत्त भट्टले जानकारी दिनु भयो ।
डडेल्धुरा वन नर्सरीका लागि उपयुक्त हावापानी भएकोले सुदूरपश्चिमका पहाडी जिल्लालाई लक्षित गर्दै माटो सुहाउँदो बोटबिरुवा उत्पादन गरि आयआर्जनका माध्यम सिर्जना गर्ने र स्थानीय परिबेशमै फलफूलका कलमी स्थानीय बोटबिरुवाको आपुर्ति गर्ने गरि श्रोतकेन्द्र स्थापना गर्ने लक्ष्य फार्मको रहेको फार्म संचालकको भनाई छ ।

साथै वन निर्देशक भट्टले भेटेरीनरी अस्पताल डडेल्धुराको १२ लाख अनुदान सहयोग र स्वलगानी १२ लाख गरि २४ लाखमा काटको दुईतले व्यवस्थित बाख्रा खोर पनि निर्माण गरेर बाख्रापालन व्यवसाय पनि शुरु गर्नु भएको छ । बाख्रा पालनका लागि पर्याप्त चरन भएको र जिल्लामा मासुको मागलाई सुलभ तरिकाले आपुर्ति गर्न लगानी गरिएको पनि उहाँले बताउँनु भयो ।
अजयमेरु गाउँपालिका केन्द्रबाट करिब दुई किलोमिटर पूर्व तर्फ अजयमेरु कोट तर्फ आउने मूल सडक बाटो छेउमै स्थापना गरिएको व्यवसायिक वन नर्सरी तथा बाख्रापालन व्यवसायबाट गाउँका अन्य युवाहरुले पनि स्वदेशमै केहि गर्नु पर्छ र सरकारी निकायको सहयोगलाई सदुपयोग गर्ने प्रचुर संभावना छ भन्ने सोच बनाएको स्थानीय युवा सुरेश पन्तले बताए ।
करिब २५ प्रकारका बोटबिरुवाको नर्सरी बनाएर स्वस्थ बोटहरु उत्पादन गरेका छौं, नर्सरीमा बीउका लागि व्यवसायिक रुपले सुर्यमुखि फूलको खेती पनि गरेका छौं जसले गर्दा स्थानीय युवाहरु व्यवसायिक संभावना प्रति आकर्षित भएका छन, बोटको माग सुदूरपश्चिमका पहाडी जिल्लाहरुबाट अत्यधिक आएको छ माग थेगिनसक्नु छ छाटो समयमा पनि यसरी उत्पादन बढनु र हावापानी पनि उपयुक्त भएकाले अर्को वर्ष अझै उत्पादन बढाउने तर्फ काम भईरहेको नर्सरीमा कार्यरत प्राबिधिक पतिराम थारुले जानकारी दिएका छन ।

करिब ६० रोपनीमा फार्मले बोटबिरुवा उत्पादन मात्र नगरि २४ लाख लगानीमा करिब तिन सय बाख्रापलनका लागि व्यवस्थित बाख्रा खोर पनि निर्माण गरेको छ जसमध्ये १२ लाख भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराले अनुदान सहयोग गरेको छ भने १२ लाख लगानी स्वयं व्यवसायीले गरेको कृषक व्यवसायी भट्टले बताएका छन ।
वन नर्सरी स्थापना भए पछि सुदूरपश्चिमका सात पहाडी जिल्लाहरुलाई पशुपालनका लागि आवश्यक पर्ने लहरेपिपल, नेपियर, डालेघाँस लगायतका बोटबिरुवाहरु किसानलाई बितरण गर्न खरिदका लागि सहज र सस्तो पनि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डडेल्धुराका कार्यालय प्रमुख देवराज भट्टले बताउँनु भयो ।
नर्सरी स्थापना भएपछि चार जनालाई वार्षिक तलब र १० जनालाई मौसम अनुसारको कामकाजमा खटिने गरि पटके पारश्रमिक दिई बेरोजगार युवाहरुलाई रोजगार समेत दिएपछि स्थानीय युवाहरु पनि खुशी भएका छन ।

 

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com