Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

अपराधको मुख्य कारण मादक पदार्थ

Posted on August 2, 2022August 2, 2022
Share this post
       

अखण्ड सम्बाददाता
१७ श्रावण २०७९
सुदूरपश्चिम प्रदेशमा जघन्य अपराध, गम्भीर अपराध र सामान्य अपराधको श्रृखंला बढदै गईरहेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कर्तव्य ज्यान ५८, जबर्जस्तीकरणि २३५ अपहरण तथा शरिर बन्धक ३ मानव बेचबिखन ८ गरि जघन्य अपराध ३०१, ज्यान मार्ने उद्योग ७३, गर्भ संरक्षण बिरुद्धको कसुर १, आत्महत्या दुरुत्साहन ३०, डाँकाचोरी ४ र अन्य चोरी १७६ गरि जम्मा २८४ गम्भीर अपराध तथा सार्बजनिक शान्ति सुरक्षा बिरुद्ध १३२, भेदभाव तथा अन्य अपमानजन्य व्यवहार २०१, सार्बजनिक स्वास्थ्य, सुरक्षा सुबिधा र नैतिकता बिरुद्धको कसुरमा ४४७ गरि जम्मा ७८० मुद्धाहरु दर्ता भएको जनाएको छ ।
यस्तै महिला बालवालिका तथा जेष्ठ नागरिक बिरुद्धको अपराधमा पनि जबर्जस्तीकरणि, वाल यौन दुराचार, ज्यान मार्ने उद्योग, वालविवाह, बहुविवाह, अबैध गर्भपतन, बोक्सी आरोप, जातीय छुवाछुत लगायतका ४२७ घटनाहरु उजुरीको रुपमा दर्ता भएको कार्यालयले जानकारी दिएको छ ।
बिभिन्न खालका जघन्य गम्भीर तथा सामाजिक तथा सार्बजनिक अपराधका घटनामा मादक पदार्थ सेवनलाई मुख्य कारणको रुपमा औल्याईएको छ भने सामाजिक सञ्जालको बढदो प्रयोग र दुरुपयोग, सामाजिक बिकृति, उदण्डता, सामाजिक कुरिती, जातीय बिभेद, अशिक्षा गरिबी तथा अन्ध विश्वास, घरायसी रिसिईबी, अबैध सम्बन्ध, प्रेम सम्बन्ध र परिबन्ध एवं यौनजन्य अपराध प्रसय गर्ने जस्ता बिबिध कारणहरु रहेको प्रहरीले जनाएको छ ।
अधिकांश घटना तथा अपराधहरु आर्थिक वर्ष २०७८÷०७९ मा बिगतको तुलनामा त्रिबर्षिय तथ्यांकको आधारमा बृद्धि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलालकिा प्रबक्ता तथा वरिष्ठ प्रहरी उपरिक्षक भोला रावलले जानकारी दिएका छन ।
प्रहरीका अनुसार घरपरिवार तथा आफन्तबाट घटेका र केहि बिभिन्न अन्य कारण पनि भएको नेपाल प्रहरीको प्रदेश अपराधको बिद्यमान अवस्था तथ्यांकमा उल्लेख भएको छ ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com