Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

अन्र्तराष्ट्रिय योग दिवस भव्य रुपमा सम्पन्न

Posted on June 21, 2022June 21, 2022
Share this post
       

अखण्ड सम्बाददाता
७ अषाढ २०७९ डडेल्धुरा
मानवताका लागि योग भन्ने मूल नारा सहित ८ औं अन्र्तराष्ट्रिय योग दिवस डडेल्धुरामा पनि भव्य रुपमा मनाईएको छ ।
स्वस्थ जीवन पद्धती, आत्मानुशासन, ब्याधिमुक्त तथा समाधीयुक्त जीवन संकल्पना र दर्शनको रुपमा रहेको योगलाई विश्यव्यापी रुपमा जुन २१ देखि मनाउन थालेको दिवस डडेल्धुरामा पनि पतंजली योग पिठ डडेल्धुराको संचालन जिम्मामा रहेको विश्व खाद्य कार्यक्रमको गोदाम हल कीर्तिपुर डडेल्धुरामा योग प्राणायाम, मुद्राहरु, आसन लगायत आध्यात्मिक र आयुर्बेदिक ज्ञान आदानप्रदान गर्दै औपचारिक कार्यक्रमका साथ सम्पन्न गरिएको हो ।
पतंजली योग समिति डडेल्धुराका अध्यक्ष कैलाश कुमार पाण्डेयको अध्यक्षता एवं जिल्ला समन्वय समितिका प्रमुख गगन सिंह भण्डारीको प्रमुख आथित्यतामा सम्पन्न दिवस कार्यक्रममा डडेल्धुरामा योगको विकास बिस्तार, योगलाई नगर शिक्षा पठयक्रमममा समाबेश गर्ने लगायत पूर्बाधार निर्माणमा स्थानीय सरकारले ध्यान दिनु पर्ने बताईएको छ ।
व्यक्ति, समाज र स्वस्थ नागरिक बनाउन सबै तहतप्काबाट पहल गर्नु पर्ने, योग साधनालाई नियमित गराउनु पर्ने, समाजमा रहेका कुसंस्कृति बिसंगतिलाई जीवन पद्धती र आध्यात्मसँग जोडेर परिबर्तन गर्नु पर्ने विषयमा वक्ताहरुले जोड दिएका छन ।
दिवसको अवसरमा कार्यक्रमका अथितिहरुलाई सम्मान तथा डडेल्धुरा अस्पताल डडेलधुरामा रहेका बिरामीलाई फलफूल पनि बितरण गरिएको अध्यक्ष पाण्डेयले जानकारी दिएका छन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • सुनसरी घटनाको बिरोध डडेल्धुरामा पनि, हिन्दु माथीको आक्रमण अस्वीकार्य
  • आयुर्वेदिक उपचारमा आकर्षण, भौतिक पूर्बाधारको अभावमा सेवा प्रभावित
  • आलु खेतीमा डडेल्धुरा आत्मनिर्भर बन्दै
  • बालबालिकालाई कसरी सिपालु बनाउने ?
  • डडेल्धुरामा पहिलो पटक कफी खेती

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com