Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

प्रदेश मन्त्री बोहरा बिरुद्ध उजुरी

Posted on May 2, 2022May 2, 2022
Share this post
       

अखण्ड सम्बाददाता
आचार संहिंताको उल्लंघन गरिएको भन्दै सुदूरपश्चिम प्रदेशका मन्त्री माथी उजुरी परेको छ ।
स्थानीय तह निर्वाचन २०७९ प्रयोजनका लागि जारी भएको आचार संहिता परिच्छेद ३ को पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नु पर्ने प्राबधान अन्र्तगत नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले पालना गर्नु पर्ने आचरणमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष बिपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचार प्रसा गर्न नहुने व्यवस्थालाई कुल्चिदै सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोबिन्द बोहरा नेपाली काँग्रेस डडेल्धुराको अमरगढी नगरपालिकाका उम्मेदवारको चुनावी आमसभामा सहभागि भएको उजरी दर्ता गरिएको श्रोतले जनाएको छ ।
अमरगढी नगरपालिकाका बिभिन्न वडाहरुमा गरिएका चुनाव प्रचारप्रसार कार्यक्रमममा मुलुकका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको कार्यकारी पदको दुरुपयोग हुने गरि स्थानीय निर्वाचनलाई प्रत्यक्ष रुपमा प्रभाबित गर्न दिईएको अभिव्यक्ति प्रति आम सर्बसाधारणले दिएको निर्वाचन आचार संहिंताको उल्लंघन भएको खबर र उपस्थित तस्वीर तथा श्रव्यदृष्य प्रमाणका आधारमा उजरी दर्ता गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुराले जनाएको छ ।
यस अघि नेपाली काँग्रेस डडेल्धुराले बजारमा पार्टीका झण्डा चुनाव चिन्ह अंकित तोरण आदी निर्वाचन आचार संहिंताको उल्लंघन गरिएको भन्दै सञ्चार माध्यममा समाचार प्रकासित भएको लगत्तै औपचारिक रुपमा उजुरी नै दर्ता भएको जिल्लाको पहिलो घटना भएको कार्यालयले जनाएको छ ।
उजुरी दर्ताका सम्बन्धमा आवश्यक निर्णय गरि सम्बन्धित निकायमा सूचना पठाईसकेको र छानविनको प्रकृयामा रहेको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतका माननीय न्यायाधिश हरि प्रसाद शर्मा पंगेनीले जानकारी दिनु भएको छ । उहाँले भन्नु भयो जिल्लामा यो पहिलो उजुरी हो यस अघिको आचारसंहिता उल्लंघन गरि बजारमा झुण्ड्याईका प्रचार सामग्री हटाईकोमा सुधार भएकोले अब उप्रान्त यस्ता त्रुटिहरु कहि कतै र कसैबाट पनि नदोहोरिनेमा सबैलाई आग्रह पनि गर्नु भयो ।
आचार संहितामा आफै उम्मेदवार भएका त्यस्ता मन्त्री तथा स्थानीय कार्यपालिका पदाधिकारीले आफू उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न उल्लेखित खण्डले बाधा पुर्याएको मानिने छैन भनिएको भए पनि कारवाहीको लागि उजुरीमा परेका मन्त्री गोबिन्द बोहरा स्थानीय डडेल्धुराको कुनै पनि निकायमा उम्मेदवार छैनन ।

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • सुनसरी घटनाको बिरोध डडेल्धुरामा पनि, हिन्दु माथीको आक्रमण अस्वीकार्य
  • आयुर्वेदिक उपचारमा आकर्षण, भौतिक पूर्बाधारको अभावमा सेवा प्रभावित
  • आलु खेतीमा डडेल्धुरा आत्मनिर्भर बन्दै
  • बालबालिकालाई कसरी सिपालु बनाउने ?
  • डडेल्धुरामा पहिलो पटक कफी खेती

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com