Skip to content
Menu
Akhandkh@bar.com
  • गृहपृष्ठ
  • राजनीति
    • राजनीति
  • प्रदेश स्थानीय
  • शिक्षा स्वास्थ्य
  • समाज
  • अर्थ/बजार
  • पर्यटन
  • अन्तराष्ट्रिय
  • कला/साहित्य
  • विज्ञान/प्रविधि
  • खेलकुद/मनोरन्जन
  • अन्तवार्ता /विविध
  • आवाज(Audio/Video)
Akhandkh@bar.com

कांग्रेसका पूर्वसभापति कर्ण मल्ल पार्टीबाट निष्कासित, अन्यायको पराकाष्ठा–मल्ल

Posted on April 26, 2022April 26, 2022
Share this post
       

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्ण मल्ललाई पार्टीबाट निष्कासित गरेको छ ।
काँग्रेस विधान २०१७ बमोजिम विपरीत गतिविधि गरेको भन्दै कारबाही गरिएको नेपाली काँग्रेस केनद्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य समेत रहेका मल्लले आफूलाई पटकपटक प्रहार गर्दै आएको र लोकतान्त्रिक पार्टीका सभापतिको अलोकतान्त्रिक एवं निरंकुश निर्णय भएको कारवाहीमा परेका सभापति मल्लले बताएका छन ।
नेपाली कांग्रेसको विधान विपरीत गतिविधि गरेको कारण खुलाई आफूलाई सदश्य सहित नरहने गरि हटाईएको भनिए पनि आफू पार्टी बिधान बिपरित काम गर्ने अरुलाई कारवाही गर्ने नेता जनताको जनप्रतिनिधि हुन नसक्ने उनको दाबी रहेको छ ।
केन्द्रीय सभापति शेरबहादुर देउवाले एकलौटी जिल्ला अधिबेशन गरेकोमा असन्तुष्ट रहेका मल्ल समूह स्थानीय तहको निर्वाचनमा पनि आफूहरुलाई पाखा लगाईएको भन्दै नेपाली काँग्रेस विपीसँग निकट रहेको आरोपमा कारवाही गरिएको बुझिएको छ ।


मल्लले भने मेरो बिचार समूहले नेपाली कांग्रेस (बीपी) को चुनाव चिन्ह लिएर मनोनयन पनि दर्ता गरिसकेको सत्य हो छ म उम्मेदवार नै छैन, मलाई बिना कारण कसरी कारवाही भयो आश्चार्यचकित भएको छु । एउटा कुरा सत्य चाहि के हो भने सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धुरा माथी अन्याय गरेकै हो यो अधिनायकवाद शैली हामीलाई स्वीकार्य भएन उहाँँले कुरौटेको भरमा गलत कदम उठाउँदै हुनुहन्छ तर कहिले सम्म ?
यहि बैशाखमा हुन गईरहेको स्थानीय तह निर्वाचनमा पार्टीले वेवास्ता गरे पछि आफू निकट नेता कार्यकर्तालाई मल्लले नेकपा एमालेसँग चुनावी समिकरण गरि उम्मेदवारका आकांक्षीलाई व्यवस्थापन गरेको छन ।

 

 

अखण्डखबर

See author's posts


Share this post
       

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

  • डडेल्धुरामा हाट बजार संचालन हुँदै
  • दुई महिने सिलाईकटाई स्तरोन्नती तालीम समापन
  • डडेल्धुराले पायो जेन्जी परिवारबाट साँसद
  • कर्मको फल सबैले भोग्नु पर्छ– सत्संग
  • डडेल्धुरामा निर्वाचनको तयारी पुरा

सम्पर्क विवरण

टेक राज अवस्थी

मोवायल न‌. -9848728157

ईमल -tekrajawasthi@gmail.com

अखण्ड खबर डट कम

अमरगढी - ५ डडेल्धुरा

©2026 Akhandkh@bar.com | WordPress Theme by Superbthemes.com